नेपालको अर्थतन्त्र संकटमा परिरेहको छ भनेर सर्वत्र चर्चा चलेको छ । हरेक नागरिकले नेपाल पनि श्रीलंका जस्तै हुन्छ भनेर अनुमान लगाउन थालिसकेका छन् । अस्ति नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नै यसलाई पुष्टि गरेका हुन् । विदेशी मुद्राको सञ्चिति घट्दै गएको र थप विदेशी मुद्रा नथपिएको अर्थतन्त्रमा चाप परेको उनको भनाइ छ । यता, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पटकपटक नेपालको अर्थतन्त्र टाट पल्टिसकेको बताउदै आएका छन् । श्रीलंकाभन्दा नाजुक अवस्थामा नेपाल आइपुगेको उनी बताउँछन् । एमालेका सांसद्हरुले पनि नेपालको अर्थतन्त्र डुबिसक्यो, रक्ताम्मे भनिसक्यो भनेर सदनमा कुरा उठाउदै आएका छन् । डा. युवराज खतिवडाले पनि बारम्बार अर्थतन्त्रमा क्षति पुगेको दाबी गर्दै आएका छन् । अर्थविद्हरुको पनि चुरोकुरो यही नै छ ।
उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले विगत चार दशकको अवधिमा नेपाल खराब अवस्थामा गुज्रिरहेको भनेका छन् । श्रीलंकाकै स्थितिमा पुग्न छिन पनि नलाग्ने उनको भनाइ छ । तर, नेपालको अर्थतन्त्र कसरी टाँट पल्टियो ? सबैले श्रीलंकाकै हालतमा नेपाल देख्नुको कारण के हो ? कोरोनाका कारण उसैपनि विदेशी मुद्रा आउन ठप्प भएको छ । उता, विदेशी ऋण प्रतिदिन बढ्दो छ । वित्तीय संस्थामा तरलता झनै बढिरहेको छ । घर–जग्गा र गाडी खरिदबिक्री पनि रोकिएको छ । शेयर लगानीकर्ताहरु सबै सडकमा छन् । सरकार जनतालाई त्रसित पार्न अघि सरेको छ । राष्ट्र बैंकको गर्भनरले नेपालको अर्थतन्त्र संकटमा पर्यो भनेपछि सबै चिन्ताले पिरोलिरहेका छन् । यतिखेर सबैले कि त उनले पार्टीको दबाबमा आएर यसो भनेको हुनुपर्छ । कि त नेपालको अर्थतन्त्र साँच्नै नै धरासायीमा परेको छ भनेर अनुमान लगाउन थालिसकेका छन् ।
उनले यत्रो गम्भीर विषय उठाउदा पनि सरकार छानबिनमा अघि बढ्दैन् ? अर्थतन्त्र डुबेकै हो भने सरकार बचाउनतिर लाग्नुपर्यो । होइन् भने उनलाई कारबाही गर्नपर्यो । वास्तविकता के हो ? खोजतलास त हुनुपर्यो । गर्भनरले यति सुइको मात्र दिने बित्तिकै बैंक र सहकारीको अगाडि पैसा निकाल्नेको लाइन लागेको छ । डिपोजिट राख्ने कोही छैनन्, पैसा निकाल्ने मात्र भेटिन्छन् । जसरी हुन्छ आफ्नो रकम संरक्षण गर्नतिर जनता लागिपरेका छन् । आफ्नो लगानी डुबेर शेयर लगानीकर्ताहरु अनशन बसेका छन् । दुई हजार कित्ता पर्ने सेयर एक सय रुपैंयामा बेच्छु भन्दा पनि कसैले किन्दैनन् । मँहगीले आकाश छोइसकेको छ । नेपाल आयल निगमले हात उठाइसकेको छ । अब यसको जवाफ कसले दिने ? अर्थमन्त्री जनार्दन शर्माको यसको सत्यतथ्य जवाफ दिने हो कि ।
एमालेले हल्ला मात्र फिजाएको रहेछ भने उनलाई कारबाही हुनुपर्यो । केपी शर्मा ओलीलाई पनि ठिक ठाँउमा ल्याउनुपर्यो । अर्थतन्त्र डुब्यो भनेर कराउदा कराउदै यो सत्य साबित हुन बेर लाग्दैन् । यति सुनेपछि विदेशीले नेपाललाई ऋण पनि दिदैन् । आम नागरिकले एक सुको पनि बैंकमा लगेर बचत गर्दैनन् । पर्दाभित्र बसेर एमालेले देश सकाउन पाइला बढाइरहेको छ । सरकारको कारणले शेयर लगानीकर्ताहरु सिद्धिए भनेर एमालेका सांसद्हरु सदनमा उभिएर बोल्छन् । यता, एमालेकै निर्देशनमा शेयर लगानीकर्ताहरु सडकमा उत्रिएको बुझिएको छ । अनशन पनि एमालेले भनेपछि बसेका हुन् । यो सबै एमालेको नाटकी खेल हो । आफूले सत्ता नपाइपछि अर्कोको खुट्टा तान्न गरेको जालझेल हो । शेयरमा लगानी गर्ने अधिकांश एमालेका कार्यकर्ता हुन् । एमालेकै कारणले शेयर लगानीकर्ता डुबेका हुन् । शेयरको मूल्य घट्नेबित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री शर्माले राजनिामा दिन्छन् भन्ने रणनीति एमालेले बनाएको थियो ।
सरकारलाई असफल बनाउछु भनेर बुनेको जालमा आफै फस्यो एमाले । आखिरी न प्रधानमन्त्री देउवाले राजीनामा दिए न अर्थमन्त्रीले । बरु, शेयर लगानीकर्ताहरु सडकपति बने । शेयरमा पनि राजनीति छिरेको छ । शेयर धितो राखेर कर्जा दिने वित्तिय संस्था पनि कहीकतैको रहेन् । बेच्ने यत्तिकै छन् किन्न कोही छैन् । अहिले शेयर लिऔं पछि पैसा देऔं भन्दा पनि कसैले किन्न चाहदैनन् । तर, शेयर बजार कुन पार्टीको कारण शेयर डुब्यो ? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपीतिर औला तेस्य्राउछन् । केपीले पुष्पकमलको कारण शेयर लगानीकर्ता डुबेको आरोप लगाएका छन् । शेयर लगानीकर्ताले माओवादीलाई चन्दा नदिएकाले यसको विरोधमा पुष्पकमल दाहाल बोलेको केपीको दाबी छ ।
यी दुई बिचको हानाथापले डुब्नेचाहि अरु बनिदिए । शेयरलाई निशाना बनाई राजनीति गर्नका निम्ति अनशन बसेकालाई भेट्न पुगेका थिए । काठ्माडौंका मेयर बालेन्द्र शाह र विवादित व्यक्ति रवि लामिछाने । शेयरमा लगानी गर्न सरकारले जबरजस्ती गरेको थियो र ? उनीहरुलाई भेट्न जान ।
एमालेको मात्र लगानी छ र शेयरमा ? नेपाली कांग्रेस, माओवादीलगायत अन्य पार्टीका कार्यकर्ताले पनि लगानी गरेका छन् । साधारण जनताको पनि लगानी होला ? अनि एमाले पनि अनशनमा आउनुको कारण के ? अनशन बस्नु नै गलत भएको जनताहरु बताउँछन् । व्यापार गर्नुपर्ने ठाँउमा राजनीति छिप्यो भने यतिसम्म नाजुक स्थिति बन्दो रहेछ भनेर प्रष्ट भएको छ । एमालेको झोला बोकेर अनशन बस्न जानु लज्जास्पद छ । सरकारको कारणले होइन्, अनशन र आन्दोलनले गर्दा उनीहरुको सडकको बास बनेको हो । आफ्नो खुट्टामा आफैले बञ्चरो हान्ने काम उनीहरुले गरे । शेयरमा लगानी गर्नु वालुवामा पानीहालेसरह बन्यो । राजनीतिक दलहरुको आरोप–प्रत्यारोपले पनि उनीहरुको उठीबास भयो । लगानीकर्ता सिद्धिएसंगै वित्तिय संस्थाको अस्तित्व रहदैन् । व्याजका लागि आँखा चिम्लेर डिपोजिटको रकम पनि फिर्ता नआउने भो । सरकारले शेयर किनबेचमा प्रतिबन्ध लगाएको छैन् ।
जसको कारण सिधासाधी जनताहरु फसिरहेका छन् । शेयर दलालीहरुले शेयरको मूल्य बढ्छ भनेर उनीहरुलाई फसाइरहेका छन् । अन्धाधुन्ध भएर उनीहरुले शेयरमा लगानी गरिरहेका छन् । डुब्ने ÷डुबाउने क्रम अझै जारी छ । शेयरमा लगानी गर्नेहरु कति भागिसकेका छन् । कतिपय तयारी गर्दै छन् । अब शेयरको मूल्य कसरी बढ्छ ? हिजो बैंकले एक सय रुपैंयामा निकास गरेको शेयर चार हजारमा बेचेर ठग्न पल्केकाहरुको सडकको वास हुनु स्वाभाविकै हो । अझैपनि ठग्न सक्छु कि भनेर अनशन बस्नु जनता र राज्यको लागि नौलो कुरा होइन् । जनतामा ज्ञान नहुँदा शेयरमा ठगीधन्दा मौलाएको थियो ।
तर, सञ्चार माध्यमले छ्याप्छ्याप्ती शेयरमा यस्तो विकृति छ भनेर बाहिर ल्याइपछि जनतामा चेतना आयो । कसलाई सडकमा रात काट्न मनलाग्छ र ? सय रुपैंयाको शेयर हजारमा खरिद गर्नु भनेको जतिखेर पनि डुब्नु हो भनेर जनताले बुझे । जसको कारण यसको खरिदबिक्री निरन्तर ओरोलो लागेको हो । दलालीहरुले आफ्नो हिसाबले सेयरको मूल्य घटबढ गर्दै आएका थिए । तर, अब कसले किन्ने ?
ठूल्ठूला व्यापारीहरु भाग्नुपर्ने अवस्था बन्यो । यसमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ । राजनीति पार्टीको आडमा शेयरको मूल्य बढाउछु ।
अनशन बसेर सिधासाधी जनता ठग्छु भन्ने सपना कसैको पूरा नहोला । किन कि जनताहरु धेरै चेतनशील बनिसकेका छन् । नाफा भइरहेको छ भनेर झुठो विवरण सार्वजनिक गर्ने बैंक र सहकारीको दर्ता खारेज गरिदिनुपर्छ । नाफाको प्रलोभन देखाएर जनताको पैसा जोखिममा लगानी गर्ने वित्तिय संस्थालाई कानुनको दायरामा ल्याउनुपर्छ । शेयरमा ५२ लाख जनाको लगानी छ । यत्रो व्यक्ति फस्नुमा वित्तिय संस्थाको ठूलो हात छ । बैंकले नाफा हुन्छ भनेर भकाभक कर्जा दियो । जसको परिणाम आज सबैले भोग्दै छ ।
तर, यसमा सरकारको अलिकति पनि दोष छैन् । सय रुपैंयाको शेयर तीन हजारमा किन्न सरकारले त अवश्य पनि भनेको थिएन । हिजो आफू नाफा कमाउन मनलाग्दी लगानी गर्ने यिनीहरु नै होइन् ? सय रुपैंयाको सामान कसले तीन हजार हालेर किन्छ ? आफूले गल्ती गरेपछि भोग्न पनि आफैले पर्छ । सरकारलाई दोषी बनाएर, अनशन बसेर, धाकधम्की देखाएर केही पनि हात लाग्दैन् । डुब्ने डुबिसके अब फर्केर आउदैन् ।
चाहे राजनीति परिवर्तन होस्, चाहे बजार उथुलपुथुल पार्ने होस् जनताको ठूलो हात हुन्छ । पर्दाभित्र बसेर ठग्ने र धमिलो पानीमा माछा मार्ने जनता शिक्षित नहुनुञ्जेल मात्र हो । अब जनतासंग कसैले पनि सक्दैन् । एक कित्ता शेयर दश रुपैंयामा पनि कसैले किन्दैन् । आन्दोलन र अनशनले कसैलाई फरक पर्नेवाला छैन् । अब शेयरमा कसैले पनि लगानी गर्दैनन् ।