aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असार २०७९
Prabhu Bank
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
NIBL

काठमाडौं । अखितयार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना विरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको हो । 

जुगल गाउँपालिकामा बलेफी तेम्बाथान मोटरबाटो आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरेको, झुट्टा विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्डबमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरे गराइएको, डोरहाजिर साथै माइन्युटमा पनि किर्ते हस्ताक्षर गरेको साथै गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका अध्यक्षको मिलोमतोमा भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो ।  

निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न देहायबमोजिमका आरोपितहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस