शीर्षकहरू

संयुक्त राष्ट्र संघको टोलीले लुम्बिनी भ्रमणमा

संयुक्त राष्ट्र संघको टोलीले लुम्बिनी भ्रमणमा

भैरहवा । संयुक्त राष्ट्र संघको टोलीले लुम्बिनी भ्रमण गरेको छ । संघका उपमहासचिव कानी विनराजा, रेडिजेन्सी आसानी मेण्डा कोडा, नेपालका अप्रेसन म्यानेजर बलराम पौडेल लगायतको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेको हो । संयुक्त राष्ट्र संघले लुम्बिनी बौद्धविश्व विद्यालयसँग समन्वय गरि अनुसन्धानको क्षेत्रमा काम गर्ने महासचिव कानीविन राजाले बताए । उनले भने “अहिलेको लुम्बिनी बसाई छोटो भयो फेरी लुम्बिनी आएर विकास कोष सँग समन्वय गर्ने र लुम्बिनी आसपासका बासिन्दाहरुको जिविको पार्जनमा सहकार्य गरि सहयोग गर्नेछौं ।”

उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानीन राईले संयुक्त राष्ट्र संघ सँग सहकार्य गरेर काम गर्न विकास कोष तयार भएको बताए । कार्यक्रमा लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख हरिध्वज राईले लुम्बिनीको बारेमा प्रस्तुतिकरण गरेका थिए । लुम्बिनी बौद्ध विश्व विद्यालय सँग समन्वय गरेर काम गर्ने संयुक्त राष्ट्र संघ तयार भएको र लुम्बिनी विकास कोष सँग पनि समन्वय गरेर अगाडि बढ्न  संघ तयार भएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए । 

उनले भने “अहिलेको लुम्बिनी बसाई छोटो भयो फेरी लुम्बिनी आएर विकास कोष सँग समन्वय गर्ने र लुम्बिनी आसपासका बासिन्दाहरुको जिविको पार्जनमा सहकार्य गरि सहयोग गर्नेछौं ।” उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानीन राईले संयुक्त राष्ट्र संघ सँग सहकार्य गरेर काम गर्न विकास कोष तयार भएको बताए । 

कार्यक्रमा लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख हरिध्वज राईले लुम्बिनीको बारेमा प्रस्तुतिकरण गरेका थिए । लुम्बिनी बौद्ध विश्व विद्यालय सँग समन्वय गरेर काम गर्ने संयुक्त राष्ट्र संघ तयार भएको र लुम्बिनी विकास कोष सँग पनि समन्वय गरेर अगाडि बढ्न  संघ तयार भएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।