शीर्षकहरू

कर छलिको आरोपमा २८१ जना विरुद्ध २१ अर्ब ७१ करोडको मुद्दा

कर छलिको आरोपमा २८१ जना विरुद्ध २१ अर्ब ७१ करोडको मुद्दा

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा राजस्व अनुसन्धान विभागले ११५ वटा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन गरेको आरोपमा २८१ जना प्रतिवादी विरुद्ध ११५ वटा मुद्दा दायर गरेको हो । 

विभागले २८१ जना प्रतिवादी विरुद्ध राजस्व चुहावट र विदेशी विनिमय अपचलन गरेको आरोपमा २१ अर्ब ७१ करोड ५२ लाख ३४ हजार रुपैयाँ विगो माग दावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेकोे हो । 

विभागका अनुसार राजस्व चुहावट, नक्कली बिलबिजक र कर छलिको अरोपमा २०३ जना प्रतिवादी विरुद्ध १० अर्ब ३० करोड ६५ लाख ४३ हजार रुपैयाँ बिगो रकमको शतप्रतिशत जरिवाना गरी २० अर्ब ६१ करोड ३० लाख ८६ हजार रुपैयाँ विगो दावी सहितको मुद्दा दायर भएको हो । 

त्यस्तै, विभागले विदेशी विनिमय अपचलन तर्फ ४६ वटा मुद्दा दायर गरेको छ ।  विदेशी विनिमयको अवैध कारोबार गर्ने ७८ जना प्रतिवादी विरुद्ध १ अर्ब १० करोड २१ लाख ४७ हजार रुपैयाँ बराबरको विगो माग दावी सहित विभागले मुद्दा दायर गरेकोे हो ।

विभागका अनुसार यस अवधिमा भीसीटीएसमा कारवाहीमा परेका फर्म र सवारी साधनको संख्या ६६८ रहेको छ । भीसीटीएसमा कारवाहीमा परेका फर्म र सवारी साधनबाट ३ करोड ४३ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

त्यसैगरी, नियमित, आकस्मिक तथा द्रुत गस्ती परिचालन संख्या ७१३ र उच्च सरकारी वकिलको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय वकिलको कार्यालयमा पठाइएका र साय प्राप्त भई अभियोन प्रक्रियामा रहेका मुद्दा संख्या २६ रहेको छ ।