शीर्षकहरू

जीआई वायरको भन्सार र अन्तःशुल्क घटाउन सरकार सहमत

जीआई वायरको भन्सार र अन्तःशुल्क घटाउन सरकार सहमत

काठमाडौं । बजेटमार्फत बढाएको जीआई वायरको भन्सार र अन्तःशुल्क घटाउन अर्थमन्त्री जनार्दन शर्मा सहमत भएका छन् । आज भएको छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुती दिएका थिए । 

उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने बातावरण बनाइदिन आग्रह गरेका थिए । ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उनले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए ।

नेपालमा उत्पादन नै नभएको काल्पनिक उद्योग संरक्षण गर्न जीआई वायरको भन्सार र अन्तःशुल्क बढाइएकाले उद्योगीहरु सडक आन्दोलनमा नै उक्रेका थिए । 
 
‘आजको छलफलमा अर्थमन्त्री शर्माले कच्चा पदार्थमा अन्तःशुल्क नलगाई तयारी वस्तुमा लगाउने र जीआई वायरको कच्चा पदार्थको भन्सार घटाउन सहमत भएको हुँलास वायर सञ्चालक युक्ति गोल्छाले बताइन । 

चालू आर्थिक वर्षको विष्णुप्रसाद पौडेलले ल्याएको बजेटलाई हालका अर्थमन्त्री जनार्दन शर्मालृ प्रतिस्थापन बजेटमार्फत बिलेटको भन्सार दर शून्य बनाए र दर्जनौं उद्योग संकटतर्फ धकेलेका थिए । 

नेपाल सरकारका विगतका व्यवस्था र भारतको पछिल्लो नीतिबाट प्रभावित बनेका जीआई वायर उत्पादन गर्ने उद्योगहरु धरापमा पर्न गएको हुँलास वायर सञ्चालक गोल्छा बताउछिन। 

औद्योगिक कच्चापदार्थ एमएस वायर रडको भन्सार महसुल ५ लाई १० प्रतिशत बनाइएको र प्रतिकिलो अन्तःशुल्क २ रुपैयाँ ५० पैसालाई वृद्धि गरेर ४ रुपैयाँ ५० पैसा बनाइएको हुँदा एमएसमा आधारित देशका सबै उद्योग बन्द हुने गोल्छाको दाबी गरिएको छ । जिआई वायर साफ्टा सुविधाअन्तर्गत ६ प्रतिशत भन्सार महसुलमा ल्याउन सकिने हुँदा नेपालका उद्योग सङ्कटमा पर्ने स्पष्ट पारिएको छ ।