शीर्षकहरू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजन भएको छ ।  स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब बजेट विनियोजन भएको छ । 

त्यस्तै, ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तहमार्फत निशुल्क स्क्रिनिङ सेवा दिइने पाउने भएका छन्। आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।