शीर्षकहरू

राजस्व चुहावटको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

राजस्व चुहावटको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले १ करोड ४२ लाख ३० हजार ६ सय २८ रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा ६ जना विरुद्ध उच्च अदालत तुलसीपुर नेपालगञ्जमा मंगलबार मुद्दा दायर गरेको हो ।

विभागका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का आलिया ट्रेड एण्ड सप्लायर्सका मोहम्मद मेहेमुद अन्सारी, सोही ठाउँका छोर्तेन इन्टरप्राइजेजका प्रतिनिधि मोहम्मद सलिम सिद्धिकी, मोहमद आरिफ सैयाद, दाङ तुलसीपुर उपमहानगरपालिका ७ का नेपालगञ्ज भन्सार कार्यालयका तत्कालिन भन्सार अधिकृत टोप बहादुर भुसालले राजस्व चुहावट गरेका हुन् । 

त्यस्तै, सोही भन्सार कार्यालयका नायब सुब्बा धनकुटा महालक्ष्मी गाँपालिका ५ का रेवतीराज गिरी, र काठमाडौं महानगरपालिका ५ का छोर्तेन इन्टरप्राइजेजका प्रोपाइटर डिल्लीराम तामाङ विरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरु विरुद्ध प्रज्ञापन पत्रमा मालवस्तुको घोषणामा फरक पारिएको, मालवस्तुको मुल्य घोषणा गर्दा अस्वभाविक न्यून मुल्य घोषणा गरेको, प्रज्ञापनपत्रमा घोषणा गरेभन्दा बढी मालसामान भौतिक गणनामा भेटिएको, बरामदी मालबस्तु भन्सारमा घोषणा नै नगरी पैठारी गरेको विभागले जनाएको छ । 

मालबस्तुको घोषणा गर्दा कन्ट्री अफ ओरिजिन, बनावट गुणस्तर विशेषता मूल्य फरक पारी घोषणा गरेको, मालवस्तुको मुल्य अस्वभाविक तरिकाले न्यून घोषणा गरि देखिँदा राजस्व चुहावट गरेको विभागको आरोप छ । 

राजस्व चुहावट गरेको आरोपमा विभागले प्रतिवादीहरुमध्ये आलिया ट्रेड एण्ड सप्लायर्सका मोहम्मद मेहेमुद अन्सारी र विरुद्ध १ करोड १८ लाख १८ हजार ९५१ रुपैयाँ बिगो दावी सहित मुद्धा दायर गरेको छ । भनेृ 

त्यस्तै, विभागले प्रतिवादी डिल्लीराम तामाङ, मोहमद सलिम सिद्धिकी, टोपबहादुर भुसाल र रेवतीराज सहित चार जना विरुद्ध  १ करोड ४२ लाख ३० हजार ६२८ रुपैयाँ राजस्व चुहावट गरेको विभागको आरेप छ । त्यस्तै, प्रतिवादी मोहम्मद आरिफ सैयादले ७१ लाख १५ हजार ३१४ रुपैयाँ राजस्व चुहावट गरेको हो ।  मंगलबार दायर गरिएको मुद्दामा विभागले उनीहरु विरुद्ध शतप्रतिशत विगो दावी सहित कैद सजायको माग गरेको छ ।