शीर्षकहरू

साढे दुई लाख हिनामिना गर्ने वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध मुद्दा

साढे दुई लाख हिनामिना गर्ने वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना विरुद्ध मुद्दा दायर गरेको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।   

समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम लगायत आर्थि वर्ष २०७२/०७३ देखि २०७४/०७५ सम्म विभिन्न शीर्षकमा वन समूहको रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सो निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको पाईएको आयोगको भनाई छ । 

आयोगका अनुसार अध्यक्ष बस्नेतले समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरी दुई लाख ५५ हजार हिनामिना गरेको पाईएको छ । हिनामिना तथा हानिनोक्सानी भएको दुई लाख ५५ हजार बस्नेतबाट असुलउपर गरी पाउने समेतको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।