aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

आज १५ केन्द्रमा मतदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ जेठ २०७९
आज १५ केन्द्रमा मतदान
NIBL

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा नं १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं। १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं ७ मा मतदान जारी छ । 

यसैगरी बाराको पचरौता नगरपालिका वडा नं २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं २ र  तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस