शीर्षकहरू

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टलाई निलम्बन

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टलाई निलम्बन

काठमाडौं । ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने काम गरेको उनमा आरोप लागेको छ । 

अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन भएकाले उनलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम ९५० बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।