शीर्षकहरू

वसन्तकुमार लामा एआईजीमा बढुवाका लागि सिफारिस

वसन्तकुमार लामा एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं ।प्रहरी नायब महानिरीक्षक(डिआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४)अनुसार आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि उनलाई सिफारिस गरिएको हो । 

बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आज एक सूचना जारी गरी उहाँलाई बढुवाका लागि सिफारिस गरिएको जनाएका छन ।