शीर्षकहरू

रू रू जलविद्युतको नाफा यस वर्ष करिब ३२ प्रतिशत बृद्धि

रू रू जलविद्युतको नाफा यस वर्ष करिब ३२ प्रतिशत बृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू रू जलविद्युत परियोजना लिमिटेडले गत वर्षभन्दा ३१ दशमलव ९२ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ८ लाखभन्दा बढी खुद नाफा गरेको हो ।

कम्पनीको आम्दानी यस वर्ष करिब १० प्रतिशत बढी भएको छ । गत वर्ष रू. १२ करोड २ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १३ करोड २१ लाखभन्दा बढी आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४४ करोड ८४ लाख ७६ हजार छ भने जगेडा कोष रकम रू. १२ करोड ६० लाखभन्दा बढी छ । 

कम्पनीको कुल सम्पत्ति रू. ७८ करोड ६२ लाखभन्दा बढी रहेको छ भने कुल चालू दायित्व रू. २ करोड ७ लाखभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २४ दशमलव शून्य ५ र प्रतिशेयर नेटवर्थ रू. १२८ दशमलव १२ रहेको छ ।