काठमाडौं । कोका–कोला फाउन्डेसन नेपाल र बोटलर्स नेपाल लिमिटेड, क्रिएसन र रिसाइक्लर साथीले ‘हाम्रो साइकल यात्रा’ र्यालीको आयोजना गर्यो । ललितपुरको जावलाखेल वीरन्द्र सालिकबाट सुरु भएको र्याली धोबीघाट, सानेपा, बखुण्डोल, पुल्चोक इन्जिनिरिरङ कलेज हुँदै पाटनढोका पुगेर नागबहालमा समापन भएको हो ।
हाम्रो साइकल यात्रा #Dignityforall हरेक वर्ष फोहोरमैला कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र हाम्रो वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लेखनीय संलग्नताको प्रशंसा गर्न आयोजना गर्दै आईएको छ । गोपालप्रसाद अर्याल, वातावरण विभाग, क्रिएसनका सद्भावना दूतहरू अभिनेतृ केकी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
साइकल र्यालीमा करिब २५० जना सहभागी भएका थिए । र्यालीपछिको स्वास्थ्य शिविरमा फोहोरमैला कामदारहरूको निःशुल्क स्वास्थ्य, आँखा र दातको परिक्षण पनि गरिएको थियो । हाम्रो साइकल यात्रा एकताको प्रतीक हो । जहाँ सबै सरकारी तथा निजी संस्थाहरु, युवाहरु र फोहोर र मजदुरहरु राष्ट्रको वातावरणीय चुनौती पहिचान गर्नका साथै स्वच्छ वातावरण कायम गर्न र फोहोर मजदुरहरुको उल्लेखनीय योगदानको कदर गर्न एकजुट हुन्छन् ।