शीर्षकहरू

धिरजप्रताप सिंह बने नेपाल प्रहरीको आईजीपी

धिरजप्रताप सिंह बने नेपाल प्रहरीको आईजीपी

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आईजिपी नियुक्त गर्ने निर्णय गरेको हो । 

धीरजप्रताप सिंहसहित विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक आईजिपीको दौडमा थिए । गृह मन्त्रालयको सिफारिसमा सिंहलाई मन्त्रिपरिषद्को बैठकले आईजीपीमा नियुक्त गरेको हो।