शीर्षकहरू

विप्लव पार्टीको भ्रष्टाचार काण्ड खुमलटार पुग्यो

विप्लव पार्टीको भ्रष्टाचार काण्ड खुमलटार पुग्यो

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धरेन्द्र बास्तोला कन्चन पाँच करोड पचाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डको शरणमा  पुगेका छन् । सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई लिएर बिहीबार प्रचण्डको शरणमा  पुगेका हुन् । 

ओलीलाई नेकपाको १२ औँ केन्द्रीय समिति बैठकले दरबारमार्गमा रहेको होटल अन्नपूर्णबाट लिएको पाँच करोड रुपैयाँ पार्टीलाई बुझाउन चैत्र ३० गतेको अल्टिमेटम दिएको थियो । उक्त समयसीमा भित्र रकम बुझाउन नसकेपछि बिहिबार प्रचण्डलाई भेट्न उनी खुमल्टार पुगेका हुन् ।

प्रचण्डसँगको भेटमा पार्टी एकताका विषयमा छलफल भएको थियो । ओली र बास्तोलाले आफूहरु दुबै जनालाई पदाधिकारी बनाउन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले आफू एक्लै निर्णय गर्ने अवस्थामा नरहेकाले साथिहरुसँग छलफल गर्ने बताएको स्रोतको भनाई छ ।

ओलीले उनका सहयोगी केदार खतिवडा मार्फत पैसा ल्याएका थिए । उक्त पैसा पार्टीको केन्द्रीय आर्थिक विभागमा नपुगेपछि नेकपाले सोधीखोजी गरेको थियो । केन्द्रीय समिति बैठकमै यसबारेमा कुरा उठेपछि ओलीले आफ्ना सहयोगीले पैसा लिएको र अहिले उनी आफूसँग नभएको जवाफ दिएका थिए । खतिवडा केही समयअघि महोन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रबेश गरेका थिए । 

उता बास्तोलाले पनि विभिन्न कार्यक्रम गर्ने, सेमिनार गर्ने, अध्ययन अनुसन्धान गर्ने भन्दै चीनबाट पैसा ल्याएका थिए । उक्त पैसा कति थियो खुलाइएको छैन ।