शीर्षकहरू

नयाँ वर्षमा रनको नयाँ मोडेलका नयाँ जुत्ता बजारमा

नयाँ वर्षमा रनको नयाँ मोडेलका नयाँ जुत्ता बजारमा

काठमाडौं । वषौंदेखि आफ्नो उत्पादन विक्रि गरेर उपभोक्ताको मन जित्न सफल रन सुज ईण्डष्ट्रिज प्रा. लि. ले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्टस्मा १५ नयाँ मोडलका र पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ ।  स्पोर्टस् शुजमा युवा लगायत सबै उमेर समूह सम्मका डिजाईनहरु रहेका छन् । 

स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए ।
  
रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरिय कच्चा पदार्थहरुको प्रयोग गरी बनाईएको, लचिलो सोलका साथै चार एम.एम. को लचकदार इनसोलको प्रयोग गरि निकै आरामदायी हुनुका साथै सर्वसुलभ मुल्य रहेकोे कम्पनीले जनाएको छ । रनका जुत्ताहरुमा ग्राहकहरुले ६ महिनाको वारेन्टी समेत पाउने गरेका छन ।
 
रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ्ग, नेपालगञ्ज, अत्तरिया, धनगढी लगायत स्थानहरुमा  र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम सहित ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ र चाडै निर्यातको तयारीमा कम्पनी लागेको छ ।

उद्योगले हाल ६०० भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस शुज, क्याजुअल शुज, लोफर, स्कुल÷कलेज शुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ ।