aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस
NIBL

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । 

प्रहरीको बढुवा सिफारिस समितिको आज बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार चार एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस