aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

खर्चको जोहो गर्न सार्वजनिक संस्थान बेच्ने तयारीमा सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ चैत्र २०७८
Global IME
ime Limited
खर्चको जोहो गर्न  सार्वजनिक संस्थान बेच्ने तयारीमा सरकार
DHI
nmb

काठमाडौं । सरकारले सार्वजनिक खर्च धान्नको लागी  सार्वजनिक संस्थानहरू बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव मधुकुमार मरासिनीले यस्तो जानकारी दिएका हुन् । 

मुलुकको आर्थिक अवस्थाबारे जानकारी दिन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै मरासिनीले राज्यकोष बलियो पार्न सिर्जनात्मक विधिको खोजी गरिएको समेत बताए । आयात नियन्त्रण गर्दा त्यसले राजश्वमा पर्न सक्ने चापलाई ब्यवस्थापन गर्न सार्वजनिक संस्थान व्यक्तिहरूलाई बिक्री गर्ने बारे सोचिएको उनले बताएका थिए ।

उनले भने, “सार्वजनिक संस्थानहरू पब्लिकमा बिक्री गर्ने जस्ता इनोभेटिभ आइडियाबारे पनि हाम्रो तयारी भइरहेको छ । त्यसैले इम्पोर्टले  राजस्वले पार्ने समस्याले धेरै असर पार्दैन ।’’ सो अवसरमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अवस्था हल्ला र चर्चा गरिए जस्तो कमजोर अवस्थामा नपुगिसकेको दलिल गरेका थिए । हाल राज्यको ढुकुटीमा ६७ अर्ब रुपैयाँ रहेको हुनाले खर्च गर्न सक्ने अवस्था नै देखिएको उनको तर्क थियो । एघार अर्बभन्दा बढीको विदेशी मुद्रा सञ्चिति रहेकोले वाह्य क्षेत्रमा दवाव देखिए पनि आत्तिनु पर्ने आवश्यकता भने नभएको उनले जिकिर गरे । 

सार्वजनिक संस्थानहरुमा दुग्ध विकास संस्थान, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना(खारेजको चरणमा रहेको, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट उद्योग, नेपाल ओरियण्ड म्याग्नासाइट रहेका छन् ।

त्यस्तै, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, धौवादी फलाम कम्पनी, कृषि सामाग्री कम्पनी, राष्ट्रिय बिउबिजन कम्पनी, नेशनल ट्रेडिङ लिमिटेड(नेपाल खाद्य संस्थानसँग मर्ज भएर नेपाल खाद्य तथा व्यापार कम्पनी भएको, नेपाल आयल निगम(सबैभन्दा धेरै घाटामा रहेको),नेपाल वन निगम, औधोगिक क्षेत्र व्यवस्थापन रहेका छन् । 

त्यस्तै, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल, नेपाल पारबहन तथा गोदाम व्यवस्था, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी,नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र , नेपाल नागरिक उड्यन प्राधिकरण, नेपाल पुर्वाधार निर्माण कम्पनी, साझा यातायात नेपाल रेल्वे कम्पनी, सांस्कृतिक संस्थान, गोरखापत्र संस्थान सञ्चालनमा रहेका छन् ।

त्यसैगरि, जनक शिक्षा सामाग्री केन्द्र, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसञ्चार कम्पनी छन् । त्यस्तै, विद्युत उत्पादन कम्पनी, राष्ट्रिय प्रसारण ग्रीड कम्पनी, कृषि विकास बैंक,राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बाणिज्य बैंक,निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेन्ज, नागरिक लगानी कोष,जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल बैंक लि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस