aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

त्रिवि भन्सारले गर्यो लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजस्व संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ चैत्र २०७८
Global IME
त्रिवि भन्सारले गर्यो लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजस्व संकलन
DHI
nmb

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले राजश्व संकलनमा छलाङ मारेको छ । चालू आर्थिक वर्षको आठ महिनासम्म कार्यालयले लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको ८ महिनासम्ममा १६ अर्ब २२ करोड २६ लाख राजस्व संकलन गरेको छ । 

यस अवधिमा कार्यालयको राजस्व असुली लक्ष्य १५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । जुन लक्ष्यभन्दा १०८.४२ प्रतिशते बढी हो । गत आर्थिक वर्षको ८ महिनासम्म त्रिवि भन्सार कार्यालयले १० अर्ब ७७ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । 

भदौमा सर्वाधिक राजस्व संकलन 
त्रिवि भन्सार कार्यालयले चालू आर्थिक वर्षको भदौ महिनामा सर्वाधिक राजस्व संकलन गरेको छ । यस महिना कार्यालयले २ अर्ब १० करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ८१ करोड १० लाख रुपैयाँ संकलन गरेको थियो । 

त्यस्तै, चालू आवको पहिलो महिना साउनमा २ अर्ब २४ करोड २४ रुपैयाँ राजस्व संकलन गरेको छ । यस महिना कार्यालयले एक अर्ब ८६ करोड ८३ लाख रुपैयाँ राजस्व संलन गर्ने लक्ष्य लिएको थियो । असोज महिनामा पनि त्रिवि भन्सारले लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेको छ । यस महिना दुई अर्ब एक करोड ८२ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब २७ करोड ७२ लाख रुपैयाँ संकलन गरेको थियो । 

त्यसैगरि, चालू आवको कात्तिक महिनामा एक अर्ब ९१ करोड ८६ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब १२ करोड १६ लाख संकलन भएको थियो भने मंसिर महिनामा एक अर्ब ९२ करोड ८८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ३ करोड २८ लाख संकलन भएको छ । त्यस्तै, पुस महिनामा एक अर्ब ८८ करोड १३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ७ करोड ५२ लाख राजस्व संकलन गरिएको छ । 

तर, चालू आर्थिक वर्षको माघ महिनामा भने त्रिवि भन्सारले लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ । यस महिना कार्यालयले एक अर्ब ७८ करोड ११ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ४७ करोड ६८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । 

त्यस्तै, फागुन महिनामा पनि त्रिवि भन्सारले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । यस महिना एक अर्ब ८६ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, कार्यालयले एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस