aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

भारतमा घरजग्गासँग सम्बन्धीत कम्पनीको शेयरमा उछाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
Global IME
भारतमा घरजग्गासँग सम्बन्धीत कम्पनीको शेयरमा उछाल
DHI
nmb

एजेन्सी । भारतको घरजग्गा विकासकर्ता कम्पनी हाउसिङ डेभलपमेन्ट इन्फ्रास्ट्रक्चर (एचडीआईएल) को शेयरमा विगत २० दिनदेखि लगातार अपर सर्किट लागिरहेको  छ । फागुन २८ गतेदेखि स्टकमा अपर सर्किट सुरु भई हालसम्म जारी छ । गत महिना समाचार आयो कि गौतम अडानीको कम्पनी अदानी प्रोपर्टीज सहित कुल आठ कम्पनीहरू एचडीआइएल किन्न दौडमा छन् । 

 यो कम्पनीसँग अदानी समूहअको नाम जोडिएदेखि नै शेयर बजारमा उकालो लागेको छ । जसमा देशकै चर्चित उद्योगपति गौतम अडानीको कम्पनी अदानी प्रोपर्टीज पनि छ । मिडिया रिपोर्टहरूका अनुसार, अदानी इन्टरप्राइजेजको सहायक कम्पनी अदानी प्रोपर्टीज एचडीआईएलका खरिदकर्ताहरूको दौडमा अगाडि छ ।

यसबाहेक शारदा कन्स्ट्रक्सन एण्ड कर्पोरेशन, बी–राइट रियल इस्टेट, अर्बन अफोर्डेबल हाउसिङ, टोस्कानो इन्फ्रास्ट्रक्चर र डेभ ल्यान्ड एण्ड हाउजिङ खरिदकर्ताको सूचीमा रहेका छन् ।  एचडीआइएलको रिजोल्युसन प्रक्रिया गत महिना पुनः सुरु भएको थियो।

यसबाहेक शारदा कन्स्ट्रक्सन एण्ड कर्पोरेशन, बी–राइट रियल इस्टेट, अर्बन अफोर्डेबल हाउसिङ, टोस्कानो इन्फ्रास्ट्रक्चर र डेभ ल्यान्ड एण्ड हाउजिङ खरिदकर्ताको सूचीमा रहेका छन् । एचडीआइएलको रिजोल्युसन प्रक्रिया गत महिना पुनः सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस