शीर्षकहरू

कच्चा तेलको मूल्यमा गिरावट

कच्चा तेलको मूल्यमा गिरावट

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट आयलको भाउ मार्चको दोस्रो साता प्रतिब्यारेल १३० डलर नाघेकोमा अहिले ठूलो गिरावट आएर प्रति ब्यारेल १०० डलरमा झरेको छ ।

कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण भारतीय बजारमा पेट्रोल–डिजेलको मूल्य बढ्ने सम्भावना धेरै हदसम्म हटेको छ । भारतमा तेलको मूल्य पुन वृद्धि हुने सम्भावना नदेखिएकाले अब नेपालमा पनि तेलको मूल्य थप वृद्धि हुने सम्भावना तत्कालका लागि रहेको छैन ।