
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले डेढ करोड भन्दा बढीको मेडिकल सामाग्री सहितको ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयले भन्सार छली ल्याएको मेडिकल सामाग्री तथा खुद्रा मालवस्तुहरू सहित ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रज्ञापन पत्र विनाको मेडिकल सामाग्री तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाडौं लादै गरेको भन्ने सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक सडकखण्डमा प्रदेश १२००१ ख ९२५२ नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका मेडिकल सामाग्री तथा खुद्रा मालवस्तुहरू फेला परेको थियो । उक्त सामाग्रीसहित ट्रक नियन्त्रणमा लिई एक करोड ६० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाईएको छ ।
प्रतिक्रिया दिनुहोस