काठमाडौं । मलेसिया जानको लागि श्रम सम्झौता भएको ९ महिना हुँदा पनि मलेसियाको रोजगार तत्काल नखुलाए पछि व्यवसायको लाइसेन्स सरकारलाई जिम्मा लगाउने म्यानपावर व्यवसायीहरुले चेतावनी दिएका छन् ।
मंगलबार वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका व्यवसायिहरूले यस्तो चेतावनी दिएका हुन् । म्यानपावर व्यवसायिहरूले मन्त्रालय र विभागले राखेको सबै प्रावधान पूरा गरेको तर आफ्नो मागको भने सुनुवाई नभएको गुनासो गरेका छन् । ।
व्यवसायिहरूले सरकारले आफुलाई १० हजारको डोको बोकाएको बताए । व्यवसायिले भने फ्रि भिजा फ्रि टिकटको नाममा व्यवसायीहरूलाई १० हजारको डोको बोकाएको छ । ‘इन्स्योरेन्स, शैक्षिकले पैसा राख्दा व्याज पाएको छ तर हामीले धरौटी राखेको पैसाको ब्याज पाएका छैनौ, धरौटी राखेको पैसा पनि २५ प्रतिशत सरकारको र ७५ प्रतिशत व्यसायिले व्याज पाउनु पर्छ’ ।
हामीलाई संविधानले दिएको अधिकार पनि खोसिदिने अवस्था आयो भन्दै व्यवसायीहरूले सयममानै विभाग र मन्त्रालयले सोच्चने बेला आएको जनाएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आवेगमा आई कुनै कूटनीतिक पहलबिना मलेसिया रोजगारी बन्द गर्दा समस्या निम्तिएको बताए। ‘कसैको इगोलाई लिएर मन्त्रीज्युले आवेगमा एक्सन लिँदा कामदारहरुको प्रमुख गन्तव्य मुलुक मलेसिया रोजगारी संकटमा परेको छ,’ अध्यक्ष गुरुङले भने।
सरकारले गत कात्तिक १२ गते मलेसियासँग गरेको श्रम समझदारी (एमओयु) मा नेपाली कामदारहरुको सम्पूर्ण लागत शुल्क रोजगारदाता कम्पनीले बेहोनुपर्ने उल्लेख भइसकेकाले अब मलेसिया बन्द गरिराख्नुको औचित्य नरहेको अध्यक्ष गुरुङको भनाइ छ।
‘सरकारले तत्काल मलेसिया रोजगारीको टुंगो लगाउनुर्पयो, कि त मलेसिया बन्द भयो भनेर घोषण गर्नुपर्यो भन्दै उनले प्रश्न गरे ‘होइन भने हामी सरकारलाई लाइसेन्स जिम्मा लगाउन बाध्य हुन्छौं।’
वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तानाले मलेसिया रोजगारी बन्द भएसँगै एकातिर व्यवसायीहरु जटिल अवस्थामा रहेको र अर्कातर्फ नेपाली कामदारको रोजगारीका अवसर गुम्दै गइरहेको प्रस्ट पारे। तत्काल मलेसिया रोजगारी बन्दको असर नदेखिए पनि कालान्तरमा यसले ठूलो समस्या निम्त्याउने उनको भनाइ छ।
सरकारले मलेसिया सरकारसँग श्रम सम्झौता गरेको तर सम्झौताका विषयहरु सार्वजनिक नगर्नुले आम नागरिकलाई सूचनाको हकबाट वञ्चित गरिएको प्रथम उपाध्यक्ष भान्तानाले बताए। ‘सरकारले एमओयुमा समावेश भएका सार्वजनिक नगर्नु पनि शंकास्पद छ,’ उनले भने।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालसँग व्यवसायीहरुले मलेसिया रोजगारीको निष्कर्षको माग अघि सारेका छन्।े मलेसिया रोजगारी सधैंका लागि बन्द नहुने आश्वासन दिए यदि मलेसिया बन्द हुने भए साउन १ गते देखि आज १३ गते सम्म १३ हजार ८ सय १३ जना मानिसहरू मलेसिया गएका छन् भन्दै उनले आश्वासन देखाए ।
‘मलेसिया रोजगारी सधैंका लागि बन्द भएको होइन, खुलाउने प्रक्रिया अगाडि बढिरहेको छ,’
व्यवसायीहरुले मलेसिया रोजगारी कहिले खुल्छ, कि खुल्दैन भन्दै प्रश्न राखेका थिए ?
व्यवसायीहरुको जवाफमा भुसालले मलेसिया रोजगारी यसै दिनदेखि खुल्छ भनेर यकिन गर्न नसक्ने बताए । उनले भने यसको बारेमा मन्त्रालयसँग छलफल गर्छु मन्त्रालयको निर्देशन अनुसार म जवाफ दिन्छु,’ ‘मलेसिया बन्द हँुदा व्यवसायको मात्र लगाडि डुब्ने होइन, मेडिकल इच्यिुटको पनि लगानि डुब्ने भएकाले बन्द नहुने बताए ।