शीर्षकहरू

भारतमा कोइला खानीमा नयाँ प्रविधि ल्याउने तयारी

भारतमा कोइला खानीमा नयाँ प्रविधि ल्याउने तयारी

एजेन्सी । भारतको सरकारले कोइला खानीमा नयाँ प्रविधि ल्याउने तयारी गरेको छ । सरकारले यसका लागि कोइला खानीमा नयाँ प्रविधि लागू गरी डिजिटल पूर्वाधारको प्रवद्र्धन गर्ने बताएको छ । यसबाट कोइला खानीको गतिविधिलाई राम्ररी अनुगमन गर्न सकिजे छ । खानी परियोजना सञ्चालन गर्ने क्षमता बढ्नेछ ।  जसले वर्तमान र भविष्यमा कोइला खानीलाई बढाउन सकिने छ । 

नयाँ प्रविधिको कार्यान्वयन पछि, नयाँ इकोसिस्टम (स्टार्ट–अप, अनुसन्धान संस्थान) पहुँचयोग्य हुनेछ । आयातमा निर्भरता कम गर्न कोल इन्डिया लिमिटेड (सीआईएल) ले एक अर्ब टन उत्पादन गर्नुपर्नेछ । नयाँ प्रविधिले वातावरण संरक्षण, खानीमा काम गर्ने कामदारको सुरक्षा र महिलाका लागि अवसरहरूमा ध्यान दिनेछ ।

पछिल्लो ४ दशकमा भारतमा ऊर्जा खपत ७०० प्रतिशतले बढेको छ । जसका कारण कोइलाको माग बढेको छ । यो बढ्दो मागको कारण बढ्दो अर्थतन्त्र, बढ्दो जनसंख्या र जीवनको गुणस्तरमा सुधार हो। कोइला बाहेकका उर्जाका श्रोतहरूको क्षमता सीमित छ ।