शीर्षकहरू

यो साता जलविद्युत र लगानी समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाए

यो साता जलविद्युत र लगानी समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाए

काठमाडौं । यो साता नेप्से परिसूचक ९६ दशमलव ७६ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७७९ दशमलव ९८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो ।

साताको पहिलो दिन १०५ दशमलव ५५ अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन १३ दशमलव ४८ अंक र तेस्रो दिन १९ दशमलव २९ अंकले बढेको थियो । चौथो दिन सार्वजनिक विदाका कारण बन्द भएको बजार अन्तिम कारोबार दिन १४ दशमलव ६० अंकले घटेर बन्द भएको हो । यो साता ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २० दशमलव ९३ अंकले बढेर ५३९ दशमलव ६५ विन्दुमा पुगेको छ । गत साता सेन्सेटिभ इन्डेक्स ५१८ दशमलव ७२ विन्दुमा थियो ।

यो साता चार कारोबार दिनमात्र बजार सञ्चालन भएकाले कारोबार रकम र कित्तामा भने कमि आएको छ । गत साता पाँच कारोबार दिनमा रू. २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार बराबरको ५ करोड ७५ लाख ८६ हजार ६९२ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार बराबरको ५ करोड २ लाख ९ हजार ४१९ कित्ता शेयर कारोबार भएको हो ।

गत साताभन्दा यो साता रू. २ अर्ब ३० करोड ५७ लाख ९३ हजार बराबरको ७३ लाख ७७ हजार २७३ कित्ता कम शेयर कारोबार भएको हो । नेप्से परिसूचक उकालो लागेको यो साता कुल बजार पूँजीकरण रू. १ खर्ब ३६ अर्ब ७३ करोड ८४ लाखले बृद्धि भएको छ । गत साता रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख रहेको कुल बजारपू्ँजीकरण यो साता रू. ४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख पुगेको हो ।

यो साता जलविद्युत र लगानी समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता सबै समूहगत परिसूचकहरु बढेपनि जलविद्युत समूहको सर्वाधिक ८ दशमलव ८ दशमलव ४९ प्रतिशत र दोस्रोमा लगानी समूहको ८ दशमलव १५ प्रतिशत परिसूचक बढेको हो ।

 त्यस्तै अन्य समूहको ५ दशमलव ४६ प्रतिशत, विकास बैंकको ४ दशमलव ८५ प्रतिशत, वित्त समूहको ४ दशमलव ६८ प्रतिशत, लघुवित्तको ३ दशमलव ७२ प्रतिशत, व्यापारिकको ३ दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव ७८ प्रतिशत, होटल्स तथा पर्यटन समूहको २ दशमलव ४९ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ९० प्रतिशत, बैंकिङ्गको १ दशमलव ४७ प्रतिशत , जीवन बीमा समूहको शूून्य दशमलव ४७ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४७ प्रतिशत परिसूचक बढेको छ ।