शीर्षकहरू

भारतमा सबै प्रकारको नेटवर्किङ व्यवसाय प्रतिबन्ध

भारतमा सबै प्रकारको नेटवर्किङ व्यवसाय प्रतिबन्ध

एजेन्सी । भारतको केन्द्र सरकारले मंगलबार एमवे, ओरिफ्लेम र टुपरवेयर जस्ता प्रत्यक्ष बिक्री गर्ने कम्पनीहरूको पिरामिड र मनी सर्कुलेशन नेटवर्किङ व्यवसाय प्रतिबन्ध लगाएको छ । प्रत्यक्ष बिक्री भनेको ग्राहकहरूलाई सीधै सामान बेच्ने पिरामिड शैलीको नेटवर्क मार्केटिङ बन्द गरेको हो । 

भारत लगायत अधिकांश देशहरुमा पिरामिड शैलीको नेटवकिङ व्यापार प्रतिबन्धित छ ।  उपभोक्ता संरक्षण (डायरेक्ट सेलिंग) नियम २०२१ उपभोक्ता मामिला मन्त्रालयले मंगलबार यस्तो सूचना जारी गरेको छ । कम्पनीहरूले ९० दिनभित्र नयाँ नियमको पालना गर्नुपर्नेछ ।

राज्य सरकारहरूले प्रत्यक्ष बिक्री कम्पनीहरूको गतिविधिहरूको अनुगमन गर्न एक प्रणाली बनाउने र ई–कमर्स प्लेटफर्महरूमा ग्राहकहरूलाई सीधै सामान बेच्ने विक्रेताहरू पनि नियमको दायरामा आउनेछन् ।