शीर्षकहरू

प्रहरीका एसएसपी मृत फेला परेको स्थानमा कडा सुरक्षा

प्रहरीका एसएसपी मृत फेला परेको स्थानमा कडा सुरक्षा

रुपन्देही । रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव मृत फेला परेको क्वाटरमा प्रहरीले कडा घेरा लगाएको छ ।  यादव शुक्रबार दिउँसो आफ्नै क्वाटरमा  झुण्डिएको अवस्थामा फेला परेका यादव रहेको कोठासम्म मिडियाकर्मी र राजनीतिक दलका नेताहरुलाई रोक लगाएको आर्थिकन्युट डटकममा भैरहवा प्रतिनिधि पुनहरी बेलबासीले बताएका छन् ।  

करिब एक महिनापछि २०७८ माघ १५ मा ५५ बर्ष उमेर हदका कारण अवकाश पाउँदै गरेका एसएसपी यादव प्रहरीमा उच्च छबी भएका अधिकारीमा गनिन्थे। उनी डीआईजी बढुवाको प्रमुख दाबेदार समेत रहेका थिए।

पूर्वप्रहरी महानिरीक्षक तथा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानकी भान्जी विवाह गरेका एसएसपी यादवको अन्तराजातीय विवाह हो । यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ। यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ । उता यादवका बुवा–आमा भने घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ।