शीर्षकहरू

धर्म परिवर्तन गराउने चर्चका पास्चरलाई २ वर्ष कैद र २० हजार जरिवाना

धर्म परिवर्तन गराउने चर्चका पास्चरलाई २ वर्ष कैद र २० हजार जरिवाना

डोल्पा । पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टरलाई धर्म परिवर्तन गराएको अभियोगमा जेल सजाय भएको छ । पास्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२  डोल्पाका महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

 उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ । मुलुकी अपराध संहिताको दफा १५८ को (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ ।

जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गरेको छ । धर्म परिवर्तन गराएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।