aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

भाटभटेनीमा आइएमई पे बाट भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
nepalmegaschool
भाटभटेनीमा आइएमई पे बाट भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक पाइने
LBF

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रीत योजना आजबाट सार्वजनिक गरिएको छ । सोही योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (रु ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ । 

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पुर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली व्यक्त गरेका छन् । 

उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुनेछ । प्रयोगकर्ताले ३ सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस