शीर्षकहरू

स्वास्थ्य र शिक्षा क्षेत्रबाट सवार्धिक बढी कर तिर्ने नोबेल मेडिकल कलेज सम्मानित

स्वास्थ्य र शिक्षा क्षेत्रबाट सवार्धिक बढी कर तिर्ने नोबेल मेडिकल कलेज सम्मानित

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मूलुककै सबैभन्दा बढी आयकार तिर्ने नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल उत्कृष्ट कर दाताका रुपमा सम्मानित भएको छ  । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कारदाता बनेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सम्मानित भएको हो  । 

बुधबार बिहान काठमाडौंमा आयोजित १० औं राष्ट्रिय कर दिवसको अवसरमा एक समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेलाई सम्मान गरेको छ  ।  कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरे । सो अवसरमा अन्य क्षेत्रका उत्कृष्ट करदाताहरुलाई पनि सम्मानित गरिएको थियो । 

योसँगै नोबेल दुई पटक मूलुकको उत्कृष्ट करदाता बनेको हो । यसअघि आर्थिक बर्ष २०७३/०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो । यो पटकपनि उत्कृष्ट करदाता बनेपछि प्रतिक्रिया दिदैं नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले यो पटक पनि राज्यलाई बढी कर तिर्न सफल भएकोमा खुशी व्यक्त गरे । 

२०६१ सालमा विराटनगरको कञ्चनबारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय र स्तरीय चिकित्सा शिक्षा मा अब्बद मानिन्छ । पटक पटक मूलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ ।