काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी लिमिटेडले रू. २० करोड ९८ लाख ६९ हजार खुद नाफा गरेको छ । कम्पनीले सोमवार सार्वजनिक गरेको उक्त अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ६ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २२ करोड ३२ लाख ७९ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष विद्युत विक्री आम्दानी ३ दशमलव ३७ प्रतिशत कम भएसँगै कम्पनीको खुद नाफामा कमि आएको हो । गत वर्ष विद्युत विक्रीबाट रू. ३६ करोड ३९ लाख ४७ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३५ करोड १६ लाख ७८ हजार मात्र गरेको हो । आम्दानीमा कमि आएसँगै कम्पनीको सञ्चालन नाफा समेत ५ दशमलव ४२ प्रतिशत घटेको छ । गत वर्ष रू. २४ करोड ९४ लाख २० हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २३ करोड ५९ लाख ७ हजार यो नाफा गरेको हो ।
१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम भने १० दशमलव ९० प्रतिशत घटेर रू. ४ अर्ब ३ करोड १७ लाख ९० हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १३ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव ९२ छ ।