शीर्षकहरू

भारत निर्यात हुन थाल्यो दुई सय मेगावाट विद्युत

भारत निर्यात हुन थाल्यो दुई सय मेगावाट विद्युत

उत्पादित विद्युत बढी भएपछि सोमबार राति नेपालले दुई सय मेगावाट विद्युत भारत निर्यात गरेको छ । वर्षाका कारण सबै विद्युत आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन भएकाले राति बढी भएको विद्युत भारत पठाइएको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।
मन्त्रालयका अनुसार शनिबार र आइतबार राति पनि करिब १५० मेगावाटका दरले भारतमा विद्युत निर्यात गरिएको थियो ।
रक्सौल परवानीपुर र कटैया–कुशवाह अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत भारत पठाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भने नेपालले १५० मेगावाट विद्युत आयात गरिरहेको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।