शीर्षकहरू

सिक्टा सिंचाईको काम तिब्र, ठेक्कामा तीन कम्पनी स्वीकृत

सिक्टा सिंचाईको काम तिब्र, ठेक्कामा तीन कम्पनी स्वीकृत

काठमाडौं । सिक्टा सिंचाई आयोजनाको पश्चिमी मूल नहर मर्मत गर्ने कामहरु तिव्र रुपमा भइरहेको उर्जा,जलस्रोत,तथा सिंचाइँ मन्त्री बर्षमान पुनले बताएका  छन्  । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रमा बोल्दै मन्त्री पुनले आयोजना पश्चिम मूल नहर मर्मत गर्न स्वीकृती दिने मन्त्रीपरिषद बैंशाख १० गतेको निर्णयपछि धमाधम काम भइरहेको जनाकारी गराएका हुन । 

उक्त सिचाई निर्माणका लागि तीन वटा सिलबन्दी दरभाउपत्र स्वीकृत गरी करिब  ६० लाखको ठेक्काको काम अघि बढेको बताए ।  त्यस्तै २०७५ साउन ७  गते भत्किएको खण्डमा करिब २५ मिटर लम्बाइमा नहर लाइनिंगको कार्य सकिएको  पत्रकार सम्मेलनमा बताइएको छ । 

त्यस्तै नहरको बैंकमा भएका स्निक होलहरुमा चुना मिसाइएको नदी जन्य पदार्थ (गिट्टी, बालुवा)ले पुर्ने काम क्रमशःभई रहेको छ र त्यसमध्ये ३०० मिटर लम्बाईमा करिव २०० घनमिटर राखि सकेको छ । तर, असार २३ बेलकादेखिको लगातारको बर्षातका कारण नहरमा गर्नुपर्ने २५ मिटर लम्बाइमा लाइनिंगका भने अवरोध भएको उनले बताए ।
 
काम सकिएपछि पानी सञ्चालन गर्ने तयारी सिक्टा सिंचाइ आयोजनाको छ । नदी नियन्त्रणको आपतकालिन कार्यकोलागि १५ वटै कार्यालयहरुमा आवश्यक निर्माण साम्रगी भण्डारण गर्न र परिचालन गर्न तयारीको अवस्थामा रहन मन्त्रीपरिषदले निर्देशन दिएको समेत उनले बताएका छन् । 

विद्युत आपूर्तिका लागि भने हाल प्रसारण लाइन तथा ग्रिड सबस्टेशन सबै चालु हालतमा राखिएको उनले बताएका छन । तर केहि दिन अघि ५५० मेगावाटमा झरेको प्रणालीको उच्च लोड मर्मत सम्भार हाल ११२५ मेगावाट कायम भएको छ उनले बताए ।