शीर्षकहरू

मैलुङखोला जलविद्युत कम्पनीको १० कित्ता शेयर कारोबार, शेयर मूल्य भने स्थिर

मैलुङखोला जलविद्युत कम्पनीको १० कित्ता शेयर कारोबार, शेयर मूल्य भने स्थिर

काठमाडौं । पहिलो कारोबार दिन बुधवार मैलुङखोला जलविद्युत कम्पनीको १० कित्ता शेयर कारोबार भएको छ । एमकेजेसीएल स्टक संकेतबाट पहिलो कारोबार दिन कम्पनीको शेयर मूल्य रू. १८६ दशमलव ५० मा खुलेको हो ।

 सोही मूल्यमै कम्पनीको १० कित्ता शेयर खरिद विक्री भएको हो । यस दिन कम्पनीको शेयरमुल्य भने स्थिर रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९५ दशमलव ७५ देखि रू. २८७ दशमलव २५ सम्मको मूल्य रेञ्ज तोकेको थियो । 

मंगलवार धितोपत्र दोस्रो बजारमा कम्पनीले कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत गराएको थियो । स्थानिय र संस्थापकको शेयर तीन वर्षको लक इन अवधिका कारण कारोबार हुने छैन भने सर्वसाधारण तर्फको ७ लाख ३६ हजार २८६ कित्ता मात्र कारोबारयोग्य भएको छ ।

कम्पनीले संस्थापक तर्फको २५ लाख ७७ हजार कित्ता, सर्वसाधारणतर्फको ७ लाख ३६ हजार २८६ कित्ता र स्थानिय वासिन्दाको ३ लाख ६८ हजार १४४ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत भएको हो ।