शीर्षकहरू

शिक्षक महासंघको अध्यक्षमा तुलाधर

शिक्षक महासंघको अध्यक्षमा तुलाधर

चितवन । नेपाल शिक्षक महासंघको अध्यक्षमा कमला तुलाधर चयन भएपछि नेतृत्व तहमा देखिएको विवाद अन्त्य भएको छ । महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष रहेका बाबुराम थापाको पहलमा सहमित जुटेको हो । 

अध्यक्ष थापा शिक्षण सेवाबाट उमेर हदका कारण अवकाश प्राप्त भएपछि विधानतः अध्यक्ष पदमा निरन्तरता रहने वा नरहने भन्ने विवाद उत्पन्न भएको थियो । थापाले प्रतिनिधित्व गर्ने संगठनबाट हाल महासंघका उपमहासचिव तुलाधरलाई सिफारिश गरेको थियो भने सो निर्णयलाई अन्य घटकले समर्थन गरेका थिए । यस नेतृत्वले आगामी तीन महिनाभित्र महाधिवेशन गर्नुपर्नेछ । 

शिक्षा क्षेत्रमा सुधारका लागि लगानी वृद्धिलगायत माग राखेर महासंघले आन्दोलन गर्दै आएको छ । पद हस्तान्तरण कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत उपस्थिति थिए ।