शीर्षकहरू

तीन वर्षसम्म व्यवसाय सुधार नभए ८० प्रतिशतसम्म पुनर्कर्जा दिन माग

तीन वर्षसम्म व्यवसाय सुधार नभए ८० प्रतिशतसम्म पुनर्कर्जा दिन माग

काठमाडौं । कोरोना महामारीका कारण अति प्रभावितभित्र पनि आगमी ३ बर्षसम्म पनि व्यवसाय सुधार हुने सम्भावना नरहेका व्यवसायलाई कुलकर्जाको ८० प्रतिशतसम्म पुर्नकर्जा सुविधा दिन उद्योग बाणिज्य महासंघले  माग गरेको छ ।  

आइतबार नेपाल उद्योग बाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकमा सुझाव पेश गर्दै यस्तो माग गरेको हो । मौद्रिकनीति २०७७।७८ मा उल्लेख भएको पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा आगामी आर्थिक वर्षमा पनिकायम गर्नुपर्ने माग गरेको छ । 

कोभिड १९ बाट अतिप्रभावितको सूचिमा गतवर्षको निर्देशनमा छुटेका केहि व्यवसायलाई समावेश गर्नुपर्ने गर्न महासंघले माग गरेको छ । त्यस्तै, कोभिड १९ प्रभावितउद्योग व्यवसायको अवस्था हेरी कर्जाको साविकको भुक्तानीम्यादलाई ३ देखि ५ वर्ष सम्म बृद्धि गर्नु पर्ने समेत माग गरेको छ ।

त्यस्तै, व्यवसायको प्रकृति र अवस्था हेरि टिआर, ओभरडाप्mट,  लगायतकाअ ल्पकालीनकर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण गर्नुपर्ने, गतबर्ष दिइएको प्रोभिजनिगंको सुविधा यथावत राख्नुपर्ने माग रहेको छ । गतवर्ष देखि प्रवाह गर्न शुरु गरिएको चालु पूंजीकर्जालाई यस आ.व.मा पनि निरन्तरता दिइनुपर्ने माग गरेको छ ।

साना तथा मझौला स्वरोजगार प्रकृतिका उद्योग व्यवसायमा कार्यगत पूंजीको तरलताको अभाव हुन नदिन व्यवसायीसंग भएको सुन धितो राखीबजार मूल्यमा बढीमा २५ प्रतिशतमात्र मार्जिन कट्ने गरी अधिकांश जिल्लाका बैंकका शाखाहरुले क्रमशःकर्जा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइनु पर्ने महासंघको माग रहेको छ ।