शीर्षकहरू

होटल बन्द हुँदा अस्ट्रिच व्यवसाय पनि ऋणमा डुब्यो

होटल बन्द हुँदा अस्ट्रिच व्यवसाय पनि ऋणमा डुब्यो

काठमाडौं । अफ्रिका र अरको मरुभूमिमा पाइने सुतुरमुर्ग अथवा अस्ट्रिच सबैभन्दा ठूलो चरा हो । यो चरा उड्न सक्दैन । यसको उचाइ २.५ मिटर हुन्छ भने तौल १५० किलोग्रामको हुन्छ । यसको मासुमा भिटामिन र ओमेगा तत्व प्रचुर मात्रामा पाइने भएकाले स्वस्थकर मानिन्छ । सबैभन्दा ठूलो अण्डा पार्ने चरा पनि सुतुरमुर्ग हो । 

यसको अण्डाको तौल १.५ किलो ग्राम हुन्छ । यसको अण्डा पकाउन ५० मिनेट लाग्छ । यो ९७.५ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ तर मरुभुमिमा पाइने ठुलो चरा १३ बर्ष अगाडि नेपालमा पनि भित्रिएको थियो । 

बागलुङमा जन्मिएका तर बुटवललाई कर्म थालो बानाउन पुगेका सीपी शर्माले व्यवस्थापन संकायको पढाइपछि केही वर्ष बुटवलमा ट्याक्टर व्यवसाय गरे । त्यसपछि वैदेशिक रोजगारीमा विदेशतिर रुमोलिए । वैदेशिक रोजगारीकै क्रममा अस्ट्रिच र त्यसको फाइदा देखेर यसको व्यावसायिक पालनतर्फ आकर्षित भएका थिए । 

अस्ट्रिच पाल्ने सोच आएपछि ४ वर्ष यसको अध्ययन, नेपालको वातावरण र बजार सम्भाव्यता अध्ययनमै बिताएँ । धेरैले जोखिम हुने भनेर सुझाव दिए । कतिले यो व्यावसाय प्रति प्रतिकार पनि गरे । तर, उनले हिम्मत हारेन्  र लक्ष्यमा पुग्न प्रयास गरिरहें । जसको लागि खोरको आवश्यकता पर्दैन । खुला आकाशमुनि बस्न सक्छ । ३५ डिग्री सेल्सियस तापक्रममा बस्न रुचाउँने अस्ट्रिच । ५० डिग्रीदेखि शून्य डिग्री सेल्सियस तापक्रममा समेत यो बस्न सक्छ । नेपालको हिमालदेखि पहाड र तराईका सबैजसो क्षेत्रमा यसलाई पाल्न सकिने उनको अध्ययनले बताउछ । 

शर्मा भन्छन्, सुरुवातमा केही चुनौती सामना गर्न सके यसबाट लाभ हुन्छ भन्ने मलाई थाहा थियो । त्यसैले म जेजस्तो परे पनि आत्तिएको थिएन्  । ०६५ देखि अस्ट्रिचपालन सुरु गरें । अस्ट्रेलियाबाट आएर एकाएक अस्ट्रिच चरा पाल्ने भन्दा सुरुवातमा कसैले पत्याएन । कसैले नपत्याए पनि व्यावसायमा हात हाल्ने जर्मको गरिहाले । पहिलो चरणमा अस्ट्रिच नेपाल प्रालिका नाममा फर्म दर्ता गरें । अस्ट्रेलियाबाट १ हजार ५ सय अण्डा र केही अस्ट्रिच ल्याएँ । त्यो टाढाबाट ल्याउन त्यति सहिलो भने थिएन् । रुपन्देहीको गंगोलियामा २० बिघा क्षेत्रफलमा जग्गा व्यवस्थापन गरेर अस्ट्रिचपालन थालेँ, जुन देशकै पहिलो र एक मात्र अस्ट्रिच फर्म हो ।

अस्ट्रिचको व्यावसायिक पालन र अनुसन्धान गर्ने उद्देश्यले खोलिएको फार्ममा सुरुवातमै करिब ३० करोड रुपैयाँ लगानी भयो । त्यसमा आफन्त चितवनका तिलकराज कँडेलको परिवारले करिब दस प्रतिशत लगानी गरेर सहकार्य गरेँ । जग्गा बढाउनुपर्ने, उपकरण किन्नुपर्ने भएकाले लगानी बढाउनुपर्ने भयो । त्यसपछि साथीले हात झिक्नुभयो । लामो समय एक्लै परें । त्यसपछि थोरै लगानीमा भए पनि बुटवलका नवराज श्रेष्ठले साथ दिए । 

विदेशी बजारलाई लक्षित गरी खुलेको फार्म अहिले विभिन्न ठाउँसम्म फैलिएका छन् । उनले भने अहिलेको यो माहामारी आउनु अगाडि करिब ८ हजार अस्ट्रिच पालेका थियौ । त्यसमा साना ४ हजार थिए । मासुका र अण्डा उत्पादनका लागि राखिएका एक÷एक हजार थिए । योबाहेक ८ सय अस्ट्रिच कन्ट्रयाक्ट फार्मिङमार्फत किसानले पालेका थिए । सुरुमा खोलिएको गंगोलियाको फार्ममा अण्डाबाट चल्ला बनाउने तथा हुर्काउने, दाङको बेलझुण्डीमा माउ, रुपन्देहीको सूर्यपूरामा ठूला तथा बिक्रीका लागि अस्ट्रिच राखेर यसको पालन गरिरहेका छौ । 

तीनवटै फर्ममा गरी डेढ करोड भन्दा बढी लगानी पुगेको हो ।  झन विदेशबाट चल्ला आयात गर्दा लगानी धेरै लागेको सुनाए । फार्ममा एक चिकित्सकसहित करिब १ हजार ४ सय घरपरिवारले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका थिए । अहिले अलि घटेका छन् । 

अहिले फर्ममा चल्ला उत्पादन हुन्छ । केही सस्तो र कम जोखिमपूर्ण बनेको थियो । गत बर्ष देखि विश्व माहामारीका रुपमा आएको कोरोनाले अस्ट्रिच व्यावसायलाई पनि धक्का लागेको छ । जुन व्यावसाय पर्यटनमा आधारित बजारिकरण रहेको थियो । तर कोरोना कारण होटेलहरु बन्द रहेको अवस्था छ । अस्ट्रिचको मासु ८० प्रतिशत होटेल रेस्टुरेन्टले खरिद गर्दै आइ रहेका थिए । 

अहिले त्यो छैन् । अस्ट्रिचको मासु बजारमा ल्याउँदा स्वाद चखाउँदै बेच्दै गरेको कुरा सुनाए । फर्ममा करिब  ५ सय किलो मासु उत्पादन हुन्थ्यो । त्यो मासु रुपन्देही, काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, नेपालगन्ज, विराटनगर, धनगढीलगायत सहर र देशभरका सबै भाटभटेनी पसलमा अस्ट्रिचको मासु पाइने गरिएको थियो । अहिले व्यावसाय नै ठप्प छ ।

कोरोनाको माहामारी आउनु अगाडि दैनिक ९ लाखको हाराहारीमा मासु बिक्रि हुने गरेको थियो तर अहिले त्यो पनि छैन कहिले २० हजार हुन्छ कहिले ३० हजारको । आम्दानी पुग्न नपाउदै चल्ला उत्पादन रोक्न परिरहेको बताए । चल्ला उत्पादन गरे अहिलेको अवस्थामा पाल्न गाहे हुने भएकाले गत बर्ष देखि रोक लगाएका छौ ।

 अहिले जिउदोलाई दाना खुवाउनै धौ धौ परिरहेको छ । यसको प्रमुख आहारा कोसेबाली हो । लेघुम जातको घाँस यसले धेरै रुचाउँछ । यसलाई २० प्रतिशत अन्न, घास र पानी खुवाउनुपर्छ ।  कहाँ नयाँ चल्ला उत्पादन गर्नु भन्छन् । अहिले भएका अस्ट्रिजलाई पनि ऋणमा नै दाना खुवाइ रहेका छौ । तर देशमा कोरोना नियन्त्रण भए यो व्यावसायबाट घाटा भने नहुने कुरा गर्छन उनी । 

अस्ट्रिचमा भाइरल र ब्याक्टेरियल रोगको समस्या हुने गरेको छ । त्यही भएर अस्ट्रिचलाई बाह्य चराचुरुंगीसँग सम्पर्क हुन दिनु हुँदैन । यसको बासस्थान वर्षको एकचोटि डोजर लगाएर सफा गर्नुपर्छ ।

अस्ट्रिजबाट फाइदा नै फाइदा हुने बताउछन् । प्वाँख फेसनदार कपडा बनाउन र सफाइको सामग्री बनाउन प्रयोग गरिन्छ । छाला जुत्ता, पेटी सफासेट, गाडीलगायतको कभर बनाउन र अण्डा तथा बोसो उच्चस्तरका क्रिम, लोसन र औषधि बनाउन प्रयोग हुन्छ । अस्ट्रिचको अण्डाको खोल पनि सजावटका सामग्री बनाउन प्रयोग गरिने सुनाए ।

एउटा परिपक्व अस्ट्रिच १ सय २० किलोसम्म तौल र ८ फिटसम्म अग्लो हुने भएकाले ठूलो क्षेत्र चाहिन्छ । अस्ट्रिचको भाले ३ र पोथी २ वर्षमा वयष्क हुन्छ । वयष्कमा २ सय ५० किलोसम्म तौल हुन्छ । उचाइ ८ फिटसम्म हुन्छ । अस्ट्रिचको आयु ८० वर्षसम्म हुन्छ । ९ देखि १४ महिनामै यो एक क्विन्टल तौलको हुन्छ । ५० वर्षसम्म राम्रो उत्पादन दिन सक्ने एउटा पोथी अस्ट्रिचले एक सिजनमा १ सय २५ वटासम्म अण्डा दिन सक्छ । ४५ वर्षमा एउटा पोथीले ५ हजार २ सयसम्म अण्डा दिन्छ ।