शीर्षकहरू

'हुनेलाई सबै तिरबाट छ, नहुनेलाई कतैबाट पनि छैन '

'हुनेलाई सबै तिरबाट छ, नहुनेलाई कतैबाट पनि छैन '

काठमाडौं । नेपालमा ब्युटिपार्लर (सौन्दर्यकला) भन्नेबित्तिकै नराम्रो नजरले हेरिन्थ्यो । छोरी–बुहारीलाई पार्लर खोल्न दिइँदैनथ्यो । तर, पछिल्लो समय समाजले पार्लर व्यवसायलाई हेर्ने नजर फेरिएको छ । पार्लर व्यवसायमा लाग्ने छोरी–बुहारीको संख्या बढ्दै छ ।

 यो व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपु¥याउने श्रेय जान्छ, कमला श्रेष्ठलाई । थाइल्यान्डमा दुई वर्ष तालिम लिएर २०३६ मा कुपन्डोलमा सयाम इन्स्टिच्युट खोलिन् । सुरुमा सैलुन मात्र थियो । उनले २७ वर्षदेखि ब्युटिपार्लर ट्रेनिङ दिँदै आइरहेकी छिन् । ब्युटिपार्लर व्यवसायी  कमला श्रेष्ठ भन्छिन्, ‘अहिले देशभर साढे ३ लाखको हाराहारी पार्लर व्यवसायी पुगिसकेका छन् ।’ उनी नेपाल सौन्दर्य कला व्यवसायी संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पनि हुन् ।

कोरोनाले संसार नै पिडित भएको अवस्थामा ब्युटिसियनहरु पनि त्योबाट अछुतो रहन सकेनौ भन्छिन् कमला । यसको चपेटामा प्रमुख रुपमा ब्युटिशियनहरु नै परेको  किनकी आफुहरुले अपनाएको पेशा नै एकदमै संवेदनशिल पेशा रहेको स्विकार छिन । सबै भन्दा बिडम्बना के भनेपछि संवेदनशिल पेशा भनेर सरकारले पहिलो टार्गेट नै ब्युटिपार्लरलाई नै ग¥यो ।

 सरकारले जसरी संवेदशनशिल भनेर पहिलो पटक बन्द गरेर अन्तिम पटक खोल्ने आदेश दिन्छ नि त्यसरी नै ल है तपाईहरु साह्ै संवेदनशिल हुनुहुन्छ भनेर घर घर दैलो दैलोमा राहत पनि पु¥याइ दिए सरकार धन्यवादको पात्र हुने थियो भन्छिन् कमला । 

फ्रन्टलाइन भनेर सबैलाई खोप दिई रहेको छ, हामी पनि फ्रन्टलाइनमा बसेर काम गर्ने मान्छे एकदमै सफ्ट भएर (नजिक भएर) काम गर्नु पर्छ । तर, सरकारले किन हामीहरुलाई प्राथमिकता राखेन भनेर सरकारलाई प्रश्न गरिन् ।

त्यस्तै उनले निरास हुदै भनिन्, सौन्दर्यकला भनेको एकदमै सानो मझौला व्यवसाय त्यो माथि पनि महिलाहरुले अपनाएको धेरै मार्का परेका छन् भन्दै पिडा पोखिन । एक जनाको आय स्रोतमा सात जनासम्मको परिवार पालेने गरेको छ । तर गत बर्ष लगभग ६ महिना नै बन्द गर्नु पर्दा साथीहरुलाई समस्या भयो, यसपटक नि देखिहाल्नु भयो नि । 

सरकारले हरेक बर्ष सौन्दर्यकलाको लागि भनेर बजेट छुट्याउछ । तर त्यो कसको लागि जसको शक्ति उसको भक्ति भने झै जसको पावर, चिनजान र हुने खाने कै लागि छुट्याएको जस्तो देखिएको छ । जो समस्या परेका, अतिआवश्यक रुपमा पाउनु पर्नेले नपाएको देखिएको छ । कमला भन्छिन्, हुनेलाई भएको भइ छ नहुनेलाई कतैबाट पनि छैन र पछाडी परेका छन् । सरकार र नीजि क्षेत्रले ति विषयमा अनुगमन र सर्वेक्षण एकदमै फितलो गरेको देखिन्छ । 

सरकारले सौन्दर्यकलाको लागि छुट्याएको बजेट स्वागतयोग्य छ र त्यसको लागि धन्यवाद पनि दिन चाहान्छु । हरेक बर्ष ब्युटिशियनको मागलाई थोरै भए पनि संबोधन चाहि गरेकै हुन्छ । तर, सरकारले सामान्य ब्युटिपार्लरको टे«निङको लागि बजेट नछुट्याई जुन ब्युटिशियनको लागि बाहिरी जनशक्ति नेपाल भित्रिएको छ त्यसको रोक लगाउनको लागि ब्युटिशियनको माग संवोधन गर्नु पर्ने देखिन्छ । जुन केटाहरुको कपाल कटिङको नेपालमा तालिम गराइएको छैन्, भारतबाट केटाहरुको कपाल कटिङको लागि नेपालमा आउछन् ।

 जुन हाम्रो मुलुकमा ५० औं हजारले काम गरेर करौडौं रेमिट्यान्स लैजान्छ । त्यो रोक लगाउनको लागि जोड गरेर नेपालमा ५० हजार ब्युटिसियनहरुलाई २ महिने केटाको हेयर कटिङको तालिम दिनको लागि माग संवोधन गरेका थियौ । संबोधन पनि भएको छ । हाम्रो मुलुकमा भएका सक्षम महिला दाजुभाईहरुलाई सिकाउन पाएको भए करौडौं पैसा आफ्नै मुलुकमा हुन्थ्यो अनि तिनीहरु आत्मनिर्भर पनि हुन्थे भन्ने सोच छ भन्छिन् । 

सौन्दर्यकला सिप मुलक तालिम भएकोले प्राथमिकता राख्नु पर्ने तर नराखेको प्रति उनी गुनासो गर्छिन् । सरकारले यदि यसलाई जोड दिएको भए बाहिरीने युवाहरु कम हुन्थे कि भन्ने धारणा ब्युटिशियनहरुको गएको उनी सुनाउछिन् । हातको सिप हो आफ्नै मुलुकमा गरेर पनि खान सक्छौ भन्ने कुरा हाम्रै व्यवसायिहरुले जाहेरी गरेका छन् । 

उनका अनुसार दुई चार लाखले व्यवसाय गर्नु भनेको चानचुने कुरा नरहेको र आत्मबल, स्वावलम्बि, सिपमुलक तालिम जस्तै ः उमेर, शिक्षा, विभेद जस्ता कुराले सौन्दर्य पेशामा फरक नपारेको उनी स्पष्ट पार्छिन् । जस्तोले पनि यो पेशा अंगाल्न सक्छन् । 

माइती नेपालमा विभिन्न समस्या भोगेर नेपाल फर्किएकाहरुलाई काउन्सिङ गरेर सिपमुलक तालिम दिएको र भोलीका दिन समाजमा बसेर रोजी रोटी खान सकुन कसैको हेपाई खान नपरोस् भन्ने उद्देश्यले आफुहरुले तालिम दिएको सुनाइन् । तर, यस्तो व्यवसाय सरकारले ओझेलमा पारेको छ । उनी भन्छिन्, बोल्नेको पिठो बिक्छ नबोल्ने चामल पनि बिक्दैन भन्ने टाइपको मुलुक हो यो । त्यसमा हामी महिला व्यवसायिहरु के प¥यौ भने घर भित्र बसेर गर्ने काम भयो यो, अनी घरभित्र पनि कोठामा बसेर गर्ने काम भएकोले पहुचँ कम भएको सुनाउछिन् । अनी बोल्ने कहाँ, जाने कहाँ, भन्ने कहाँ, कसलाई घच्घच्याउने पक्रिने कसलाई ति सबैबाट अनविज्ञ भएकोले यो व्यवसाय झन ओझेलमा परेको हो भन्छिन् । 

आफु नेपाल सौन्दर्य कला व्यवसायी संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य भएको नाताले पनि ब्युटिशियनलाई बचाएर, जोगाएर यो स्थानसम्म पु¥याएकी छु । त्यस्तै कक्षा ९ र १० को पाठ्यक्रममा ऐच्छिक बिषय भनेर राख्यौ । यो व्यवसाय भनेको जता त्यतै फैलिएको व्यवसाय हो र यसले अवसर पाउँछ भनेर बल्ल विस्तारै बुझ्दै छ नेपाल सरकारले । घरको एक जनाले यो व्यवसाय सिक्यो भने पुस्तौ पुस्तौसम्म रहने गरेको छ । तर अहिलेको यो अवस्थामा कैद गरेर राखेको छ । 

गत बर्ष कोरोनाको बेला सबै व्यवसायहरु संचालनमा आउँदा पनि ब्युटिपार्लर बन्द नै गरेको अवस्था थियो त्यस बखत हामी ब्युटिशियनहरु आन्दोलनमा नै उत्रिनु पर्ने अवस्था आएको थियो । सिसीएम्सिमा गएर मन्त्रिहरुसंग बसेर बृहत छलफल गरेर विश्व स्वास्थ्य संगठन(डब्लुएच्ओ)को स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरेर हामीलाई खोल्न देउ होइन भने पाल कि त भाडा तिर्नु प¥यो, ऋण मिनाहा, ब्याज मिन्हा गर अरु सुविधाहरु देऊ भनेर माइती घरमा आन्दोलन नै गरेका थियौ ।

आन्दोलन गरेर खोले पछि बल्ल खुट्टा टेकेका थिए । तर त्यो अवस्थामा काम गर्ने पनि डराउने आउने पनि डराउने त्यसबेला ब्युटिशियन साथीहरु धेरैलाई परार्मश दिदै संचालनमा ल्याएर बिस्तारै खुट्टा टेक्दै थिए फेरी लगभग डेढ महिना भयो सबै व्यवसाय बन्द छ । अब हाम्रो त के कुरा गर्नु भन्दै रोकिन् । अहिलेको यो अवस्थामा मान्छे शारिरीक भन्दा मानसिक रुपमा डिस्र्टप भएको बताउछिन् । मानसिक चिन्ता धेरै भएको यसले रोग धेरै निम्त्याउछ, अब रोगले होइन् भोगले मर्ने बेला भइसक्यो ।

यसो त सरकार आफै अल्मलिएको छ यिनीहरुलाई त कुर्सि नै समात्न ठिक्क छ । होइन यिनीहरुलाई कति नपुगेको जनताको भलो नचिताउने, व्यवसायीहरुलाई चुलुम्बै बनायो कसरी पाल्नु यिनीहरुलाई भन्दै सरकार प्रति वाक्क नै भएको बताइन् । कर अशुल्न सरकार अग्रसर देखिने अन्य सेवा सुविधामा लाचार देखिएको उनले दुखेसो नै पोखिन ।

सरकारलाई उल्टो नेपाल उद्योग वाणिज्य महासंघले सघाइरहेको बताइन् । आफुहरुलाई सम्बन्धित निकायमा आवाज पु¥याउन, समस्यामा सहयोग लगायत आफ्ना बिषय वस्तु उठान गर्न, एजेन्डाहरु सम्बन्धित ठाउँमा पु¥याउन पुलको काम महासंघले गरिरहेको सुनाइन् । साना र मझौला खालका व्यवसायहरुलाई पनि महासंघले अग्रस्थानमा राखेर सहयोग गरिरहेको छ । अहिले एकजुट भएर काम गरिरहेको छ । सरकारले घोषणा गरेका छुट, सुविधाहरु किताबमा मात्र नरहेर व्यवहारमा पनि लागू गरियोस् बल्ल जनताले सरकारको विश्वास गर्नेमा उनी ढुक्क छिन् ।