शीर्षकहरू

शुक्रबार यी प्रदेशमा भारीदेखि अति भारी वर्षा र उच्च हावाहुरी आउने

शुक्रबार यी प्रदेशमा भारीदेखि अति भारी वर्षा र उच्च हावाहुरी आउने

काठमाडौं । जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएअनुसार बिहीबारदेखि प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुन थालेको छ । त्यस्तै तराईसहितका केही भेगमा उच्च वेगको हावाहुरी आएको छ । शुक्रबार यी प्रदेशमा भारीदेखि अति भारी वर्षा र उच्च हावाहुरी आउने आकलन गरिएको छ ।

हिमाली र पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका उच्च हिमाली भेगमा भारी हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले औँल्याएको छ ।

शनिबार मध्याह्नसम्म हल्का वर्षा र बदलीको अवस्था रहने र त्यसपछि मौसम सुधार हुने जनाइएको छ । पूर्व–मनसुन र चक्रवातको समय भएकाले यस अवधिमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ ।