शीर्षकहरू

कोभिसिल्डको विकल्प कुन खोप हो ?

कोभिसिल्डको विकल्प कुन खोप हो ?

काठमाडौं । कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप विकल्पका रूपमा दिन पत्राचार गरिएको जानकारी दिए ।

कोभ्याक्सको सूचीमा रहेकामध्ये एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप मात्र नेपाललाई उपयुक्त हुने उनले बताए । यी दुई खोप दुईदेखि आठ डिग्री सेल्सियससम्ममा लगाउन सकिन्छ ।

खोप सल्लाहकार समितिको मङ्गलबारको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एन्ड जोन्सनलाई सिफारिस गरेको बताउँदै गौतमले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनिकाको फर्मुला प्रयोग गरेर उत्पादन गरेको खोप कोभिसिल्ड खोप लगाएका व्यक्तिलाई समेत लगाउन सकिने बताए ।म