शीर्षकहरू

महामारी बीच औषधि अभावको चिन्ता, व्यवसायी भन्छन्- आपूर्ति व्यवस्था मिलाउँछौं

महामारी बीच औषधि अभावको चिन्ता, व्यवसायी भन्छन्- आपूर्ति व्यवस्था मिलाउँछौं

काठमाडौं । देशका कोरोना संक्रमण बढेसँगै मुलुकको विभिन्न ठाउँमा कोभिड-१९ संक्रमितका लागि आवश्यक पर्ने औषधि अभाव हुन थालेको छ ।

कोभिड-१९ बिरामीलाई अत्यावश्यक पर्ने मेरोपेनम, लिभोफ्लोक्सासनि, हेपारनि जस्ता औषधिले रगतमा संक्रमण कम गर्ने चिकित्सकहरु बताउंछन्। तर, निमोनिया हुनबाट बचाउने यस्ता औषधिको भने बजारमा अभाव हुन लागेको उपचारमा संलग्न चिकित्सकहरु बताउछन् ।

यी औषधीसंगै भिटामिन सी, जिङ्क, डेक्सामेथासोन र रेम्दीसिभिरि जस्ता औषधिको पनि अभाव हुन थालेको उनीहरुको भनाई छ ।

त्यस्तै, अक्सिजन आपूर्तिमा समस्या भइरहेको बेला सुदूरपश्चिम प्रदेशमा कोभिड उपचारमा प्रयोग हुने औषधिको समेत सहज आपूर्तिको चिन्ता बढेको नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठले जानकारी दिए ।

उनले भने, “अहिले कोभिडका बिरामी बढेसंगै अक्सिजन चाहिने मात्र नभएर आईसीयू र एचडीयूमा राखेर उपचार गर्नु पर्ने बिरामीको संख्या समेत बढेको छ ।” त्यसैले आईसीयू र एचडीयूमा रहेका बिरामीका लागि चाहिने औषधी भने बजारमा सजिलै उपलब्ध नहुदाँ समस्या भएको केन्द्रिय अध्यक्ष श्रेष्ठ बताए ।

कोरोना संक्रमण बढेपछी नेपाल औषधी व्यवसायी संघले सातै प्रदेशमा कोभिड-१९ व्यवस्थापन उप समिति गठन गरेको श्रेष्ठले जानकारी दिए । औषधी अभाव भयो भने औषधीको सहजिकरण गर्नको लागि र समस्या समाधान गर्नको लागि संघले एउटा कार्यदल नै गठन गरेको बताए ।

अहिले सामान्य अवस्थाको भन्दा केहि औषधीको चार गुणा बढी माग बढेको अवस्था रहेको श्रेष्ठले बताए । जस्तै सिटामोल, भिटामिन सी लगायतको औषधीको अभाव समेत ठाउँठाउँमा रहेको जानकारी प्राप्त भएको उनले बताए ।

प्यारासिटामोल, भिटामिन सी लगायत अन्य औषधीहरु स्वदेशी कम्पनीहरुले नै उत्पादन गर्दछन् । तर, कम्पनीहरुले अहिले ति औषधी उत्पादन गर्ने कच्चा पदार्थ महंगो भएको बताएका छन् । सरकारले १३ बर्ष पहिले तोकेको मुल्यमा नै औषधी बेचीरहदा कम्पनीहरुले घाटा वेहोर्नु परिरहेको गुनासो गर्ने गरेको श्रेष्ठले बताए । सरकारले मुल्यको बारेमा पुर्न विचार गरे अहिलेको यो महामारीमा औषधी अभाव नहुने औषधी कम्पनीहरु बताउछन् ।

यो अवस्थामा विभिन्न ठाउँमा मृगौला रोगीले प्रयोग गर्ने औषधीको पनि अभाव रहेको कुरा संघको जानकारीमा आएको श्रेष्ठले जानकारी दिए ।

देश अफ्ठ्यारो परिस्थितीमा रहेको बेला नेपाल औषधी व्यवसाय संघले अग्र स्थानमा बसेर काम गरिरहेको केन्द्रिय श्रेष्ठले दाबी । यो महामारीको बेला औषधीको अभावले नै कोभिडका बिरामीलाई समस्या हुन भने नदिने श्रेष्ठले दावी गरेका छन् ।

अहिले कोभिड बिरामी अस्पतालमा मात्र नभई घर घरमा पनि आइसोलेसनमा बसेका छन् । उनीहरु पनि औषधी सेवन गरिरहेको छन् । यो अवस्थामा नेपाल औषधी व्यवसायी संघले स्टकमा रहेको ठाउँको औषधी अभाव भएको ठाउँमा पु¥याएर अभाव हुन नदिने उनले बताए । केही औषधी आयात पनि भइरहेको उनले जानकारी दिए ।