aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

गण्डकीमा अविश्वासको प्रस्ताव ल्याइँदै

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, ०२ बैशाख २०७८
Global IME
ime Limited
गण्डकीमा अविश्वासको प्रस्ताव ल्याइँदै
DHI
nmb

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वको प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको छ । प्रतीपक्षी नेता कृष्णचन्द्र नेपाली पोखरेल पार्टी सभापति शेरबहादुर देउवालाई बुधबार काठमाडौंमा भेटेर फर्केपछि बिहिबार नै उक्त प्रस्ताव दर्ता हुने जनाइएको हो । 

प्रतिपक्षी नेता पोखरेल बिहिबार पोखरा पुगदैछन् । ‘प्राविधिक तयारी पुग्यो भने बिहिबार नै दर्ता गछौं ।’ पोखरेलले भने । नेता पोखरेलले यसबारे माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासंग छलफल भइसकेको पोखरेलले बताए । 

जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बिहिबार वक्तव्य जारी गरी गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस