शीर्षकहरू

पाटा नेपालद्वारा इटहरीमा ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेलालाई सहयोग

पाटा नेपालद्वारा इटहरीमा ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेलालाई सहयोग

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएन (पाटा) नेपाल च्याप्टरले सुनसरीको इटहरीस्थित विराटनगरलाइनमा अवस्थित क्षेत्रीय रंगशालामा मार्च १३ मा आयोजित एकदिने ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेलालाई सहयोग गर्नुका साथै पाटाको परिचयात्मक गोष्ठी सम्पन्न गरेको छ । 

जिल्ला होटल व्यवसायी तथा पर्यटन संघ सुनसरीको आयोजना तथा पाटा नेपाल सदस्य शैक्षिक संस्था प्रिमियर होटल स्कुलको व्यवस्थापनमा सम्पन्न सो मेलामा प्रदेश नं १ का विभिन्न क्षेत्रबाट आएका करिब पाँच हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ ।

मेलाको अघिल्लो दिन साँझमा नेपाल भोकेश्नल इन्टिच्युसन्स् अलाइन्स् (एनभिआइए) ले नेपाली ‘सेलीब्रेटी’ सेफ सन्तोष साहको सम्मानमा इटहरिस्थित नेपालीरिका होटलमा रात्री भोज तथा स्वागत सम्मान कार्यक्रम गरेको थियो जहाँ पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले दिगो पर्यटन विकास र प्रवद्र्धनका लागि पाटाको भूमिका र प्राथमिकताकाबारेमा जानकारी दिए ।

प्रमुख अतिथि तथा प्रदेश नं।१ का माननीय मुख्यमन्त्री शेरधन राईले मेलाको उद्घाटन गर्दै उनले भने नेपालको संस्कृति तथा खानालाई विश्वमाझ चिनाइ देशको शान बढाउन तथा पर्यटन प्रवर्द्धनका लागि नयाँ आयाम थप गर्न उल्लेखनीय भूमिका निर्बाह गरेको बताउँदै सेफ सन्तोष साहलाई विशेष रुपमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रण गरिएका सेफ सन्तोष साहलगायत नेपाल पर्यटन बोर्डका सीइओ डा। धनन्जय रेग्मी, पाटा नेपालका कोषाध्यक्ष खेम लकाई, नाटाका अध्यक्ष अच्युत गुरागाँइ, पाटा नेपालका सिइओ सुरेशसिंह बुडाल र अन्य स्थानीय पदाधिकारी एवम् व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित थिए ।  मेलाका संयोजक, प्रिमियर होटल स्कुलका सिइओ तथा पाटा नेपालका कार्यसमिति सदस्य सुनील भुषालले स्वागत मन्तब्य राख्दै आन्तरिक पर्यटन प्रवर्द्धन तथा स्थानीय जनशक्तिहरुको दक्षता तथा कौशलता प्रदर्शन गर्ने उपयुक्त माध्यमका रुपमा सो मेलाको आयोजना गरिएको बताए ।