शीर्षकहरू

नेपालको व्यवसायिक सामाजिक सञ्जाल 'रोलिङ नेक्सस'

नेपालको व्यवसायिक सामाजिक सञ्जाल 'रोलिङ नेक्सस'

काठमाडौं । ६ महिना लामो सफल परिक्षण पछि “नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल” रोलिङ नेक्सस डट कम को औपचारिक शुभारम्भ गरिएको छ । रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गर्न सफल भएको बताएका छन । रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमको मुल नारा “नयाँ सम्भावनाहरुको सञ्जाल” रहेको छ । यस सञ्जालको अवधारणालाई मुख्यत ४–ई को सिद्धान्त अनुरुप संचालन गरिएको छ । 

पहिलो अवधारणा रोजगारी सिर्जना  गर्नु रहेको छ । कम्पनीले रोजगारी सृजना तथा प्रवद्र्धन र तत् सम्बन्धि दक्षता अभिवृद्धि गर्ने उदेश्य लिएको अध्यक्ष संगमले बताएका छन । दोस्रो उद्यमशीलता अवधारणा भएको अध्यक्ष जंगमले बताउन’भयो ।दोस्रो अवधारणा अन’सार पियर टु पियर सेयर्ड र गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायिक वृद्धी गनर्’ रहेको छ । 

रोलिङले तेस्रो अवधारणाका रुपमा सशक्तीकरणलाई राखेको छ । यस अन्तरर्गत महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवद्र्धन गर्ने रहेको छ । यस्तै चौथोमा संलग्नतास् पनि रहेको छ । यसमार्फत समान सामाजिक वा व्यवसायिक रुचि, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारी गर्ने प्लेटफर्मउपलब्ध गराउन’ रहेको छ । व्यवसायिक बाहेक पनि सञ्जालमा खेलकुदका गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक क्वीज जस्त सामाग्रीबाट मनोरञ्जन प्रदान गरिने जनाइएको छ । 

रोलिङ नेक्ससको मुल एप बाहेक, अन्य दुई (रोलिङ कर्मशील स्वदेश, रोलिङ कर्मशील विदेश) मोवाइल एप्लिेकसन पनि सार्वजनिक गरिएको छ ।
अध्यक्ष अन’प जंगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कर्मशील शब्दले कर्म र श्रममा निर्भर हुने श्रमिकलाई जनाउँदछ र यसलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ। रोलिङ कर्मशील स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत पाउन सकिनेछ । 

साथै स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न सकिनेछ ।’ रोलिङ कर्मशील विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजि, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहानेका लागि अवसरहरुको लाभ लिन सकिनेछ । रोलिङ नेक्ससको एप समाजका हरेक वर्गलाई सम्बोधन गर्न सकोस् भनी बिभिन्न ७ वटा समुहहरुमा विभाजन गरिएको छ ।