काठमाडौं । मलेसियामा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान शुरु भएको छ । सन् २०१९ को ६ महिना मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका ९ हजार ६ सय ५४ जना पक्राउ गरेको जनाएको छ ।
मलेसियाको अध्यागमन विभागलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले पक्राउ पर्नेहरुमा सवैभन्दा धेरै ईण्डोनेसियाबाट रोजगारीमा आएका कामदार परेको जनाएका छन् ।
यसरी पक्राउ पर्नेहरुमा ६ महिनामा अवधिमा इण्डोनेसियनहरुका ३ हजार ७ सय ६७ जना अवैध रुपमा बसेका कामदार पक्राउ परेका छन् । यसैगरी म्यानमानरका २ हजार १ सय ५, बंगलादेशी १ हजार ५ सय ९४, भारतीय ५ सय २५ जना, भियतनामी २ सय ९४, पाकिस्तानी २ सय ६३, थाई २ सय २६, फिलिपिनो २ सय २२ जना रहेको अध्यागमनले जनाएको छ ।
यो अवधिमा नेपाली १ सय ९३ जना नेपाली पनि पक्राउ गरेको अध्यागमनले जनाएको छ । यस्तै नाइजेरियाका १ सय ५० तथा ३ सय १५ जना अन्य मुलुकका रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विगत ६ महिनामा मलेसिया सरकारले अवैध रुपमा बसेका विदेशी कामदारमाथि धेरै पटक धरपकड गरेको छ । यो अवधिमा १ लाखभन्दा धेरै विदेशी कामदारमाथि चेकजाँच गरिएको छ ।