शीर्षकहरू

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलवार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । 

एक मन्त्रीका अनुसार सरकारले पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्ने तयारी गरिरहेको छ । बैठकमा सोही विषयमा छलफल हुने र अन्य नियमित एजेण्डामा पनि छलफल हुनेछ । 

यसअघि सोमबार नियमित क्याबिनेट बैठक हुने गरे पनि यो पटक मंगलबारका लागि राखिएको छ ।