शीर्षकहरू

तेलको खपत बढ्न थालेपछि मुल्य २० प्रतिशतले बढ्न सक्ने !

तेलको खपत बढ्न थालेपछि मुल्य २० प्रतिशतले बढ्न सक्ने !

एजेन्सी । विश्व भरि तेलको मूल्य बढे सँगै त्यसको असर भारत लगायत देशमा देखिन थालेको छ । भारतमा पेट्रोल र डिजेलको मूल्य तेज रफ्तारले बढ्न थालेको छ । पेट्रोलको मूल्य झन्डै भारु १०० पार गरिसकेको छ । आगामी दिनहरुमा अन्र्तराष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य अझै बढ्ने देखिन्छ ।

 आर्थिक गतिविधि बढ्दै थएपछि तेल खपत बढ्यो । गत जुलाईसम्म प्री कोभिडकै तहमा पुग्ने अनुमान इनभेष्मेन्ट बैंक गोल्डमेन सैशले जुलाई सम्म तेलको खपत प्री कोभिडकै स्तरमा पुग्ने जानकारी गराएको दिएको छ ।

किनकि कोरोपछि औद्योगिक क्षेत्रको गतिविधि लगातार बढि राखेको छ । जबकि तेल उत्पादकहरुको समूह ओपेक प्लस (इएभ्ऋ एगिक) र ईरानले तेल उत्पादन घटाई रहेको छ । त्यसै कारण अब कच्चा तेल १० व्यारेल प्रति डलर अझ महंगो हुने सम्भावना छ । 

तीन महिनामा कच्चा तेल प्रति व्यारेल १० डलर महगो हुने अनुमान गरिएको छ । बे्रन्ट कु्रड ७० देखि ७५ डालर प्रति बैरल पुग्ने भएको छ । २२ फरवरीसम्म यसको मूल्य ६३.११ डलर रहेको छ ।

गोल्डमैन सैशका अनुसार यस वर्ष तेलको मूल्य झन्डै २२ प्रतिशले वृद्धि हुने बताएको छ । त्यसमाथि अमेरिकी सरकार तत्काल इरानलाई तेल उत्पादन गर्न दिने छैन । जसले गर्दा कच्चा तेलको मूल्य झन बढ्नेछ ।