aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

एजेन्ट सुध्रिए तर सुध्रिएनन् म्यानपावर कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Global IME
ime Limited
एजेन्ट सुध्रिए तर सुध्रिएनन् म्यानपावर कम्पनी
DHI
nmb

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने भन्दै युवासँग पैसा लिइ ठगी गर्नेमा संस्थागत रुपमा सरकारबाट स्वीकृत लिएका म्यानपावर कम्पनी नै अगाडि देखिएका छन् । पछिल्लो समय व्यक्तिगत रुपमा ठगीका उजुरी ५० प्रतिशतले घटे पनि संस्थागत रुपमा भने घट्न सकेको छैन् । 

गत वर्ष १ हजार १ सय व्यक्तिगत ठगीका उजुरी वैदेशिक रोजगार विभागमा परेकोमा चालू आर्थिक वर्षको जेठसम्म भने यो संख्या घटेर ७ सय झरेको छ । यसैगरी, म्यानपावर कम्पनी अर्थात संस्थागत उजुरीको संख्या भने गत आवमा १ हजार २० रहेकोमा चालू आवको जेठ सम्म १ हजार ९२ पुगेको छ ।

यसरी हेर्दा संस्थागत उजुरी चालू आवको एक महिनामा थप बढ्ने देखिन्छ । सरकारले वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा सुधार गर्दै लगे पनि सरकारबाट स्वीकृत लिएका म्यानपावर कम्पनी ठगीमा उद्यत रहेको देखिन्छ । 

सरकारबाट स्वीकृति लिएका म्यानपावर कम्पनीविरुद्ध परेको उजुरीको संख्याका आधारमा व्यक्तिगतभन्दा संस्थागत ठगी मौलाउँदै गएको देखिन्छ । वैदेशिक रोजगारीका क्रममा पैसाको लेनदेन गरी युवालाई बिचल्लीमा पार्नेमा दर्तावाला म्यानपावर कम्पनी नै बढी देखिएका छन् । आजको कारोबार दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस