शीर्षकहरू

व्यवसायिक सूचनाहरूको लागि नेपाल ‘ट्रेड इन्फरमेशन पोर्टल’ सार्वजनिक

व्यवसायिक सूचनाहरूको लागि नेपाल ‘ट्रेड इन्फरमेशन पोर्टल’ सार्वजनिक

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले ‘नेपाल ट्रेड इन्फरमेशन’ पोर्टल सार्वजनिक गरेको छ । पोर्टलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेका हुन् । मन्त्री भट्टले पोर्टलको पोर्टलको शुरुवातसागै नयाँ प्रविधिको व्यवसाय गर्न सहज भएको बताए । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजना अन्तर्गतका व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी, संघ संस्था र सरकारी निकायहरूलाई व्यवसाय सम्बन्धि सम्पूर्ण सूचनाहरू सहज तथा सरल रुपमा एकै ठाउँबाट उपलब्ध हुने उनले बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयात निर्यातमा आयातभन्दा निर्यात धेरै गुणा ठूलो भएकाले आगामी दिनमा निर्यात नबढाए व्यापार घाटा चुलिने बताए । निर्यातको समयमा जाँचपासलगायत अन्य विभिन्न कारणले गर्दा निर्यात गर्न अझै सहज हुन नसकेको उनले गुनासो गरे । विश्व बजारमा निर्यात निकै कम भएकाले आयातको लागि मात्रै खुल्ला गरेको होकी भन्ने अवस्था आएको उनले जनाए । 

यो पोर्टलमा मोबाइल एपबाट सहजै सेवाग्राहीहरूले प्रयोग गर्न सक्नेछन् । पोर्टलमा व्यापार व्यावसाय गर्न चाहनेहरूलाई अपनाउनु पर्ने विधि प्रक्रियाबारे जानकारी प्राप्त हुनेछ । विश्वको कुनै पनि कुनामा बस्ने सेवाग्राहीहरूले नेपाली निर्यात योग्य वस्तुहरूको माग र पोर्टलमा प्रविष्ट भएका वस्तु एवम् व्यवसायिक प्रोफाइल सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

यसबाट नीति निर्माता, सरकारी एवम् निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन एवं अध्यापन गर्नेलाई सहयोग पुग्नेछ । नेपालको निर्यात व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारीहरुलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्नका उक्त पोर्टलेको शुरुवात भएको लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जानकार िगराएको छ ।