शीर्षकहरू

फोरजी प्रयोगकर्ता ६३ लाख ३२ हजार पुगे

फोरजी प्रयोगकर्ता ६३ लाख ३२ हजार पुगे


काठमाडौं ।  मोबाइल ब्रोडब्याण्ड फोरजीे प्रयोगकर्ता ६३ लाख ३२ हजार पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्ट अनुसार नेपालमा फोरजी प्रयोग एक महिनामै ५ लाख ५९ हजारले बढेका हुन् । गत असोजसम्म ५७ लाख ७२ हजार रहेको मोबाइल ब्रोडब्याण्ड फोरजीे प्रयोगकर्ता कार्तिकमा सो संख्यामा बढेर साढे ६३ लाख पुग्न लागेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिएका छन् । 


फोरजी सेवा विस्तार गर्ने कम्पनीको अग्र पङ्ती दूर सञ्चार सेवा प्रदायक बहुराष्ट्रिय कम्पनी ऐनसेल रहेको छ भने दोस्रो स्थानमा सरकारी स्वामित्वको कम्पनी नेपाल दूर सञ्चार कम्पनी (नेपाल  टेलिकम) रहेको छ । यो अवधिसम्म एनसेलको  फोरजी ग्राहक ४० लाख ८२ हजार रहेका छन् भने टेलिकमको २० लाख ४९ हजार रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता एक लाख ९९ सय हजार रहेका छन् । 
कार्तिक महिनामात्रै एनसेलको फोरजी प्रयोगकर्ताको संख्या ३ लाख ५३ हजारले बढेको छ । यो अवधिमा नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या दुई लाखले बढेर २० लाख ४९ हजार ९१६ पुगेको छ भने एनसेलका फोरजी प्रयोगकर्ता करिब चार लाखले बढेको छ । स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता भन यो अवधिमा २ हजार ९ सय १० ले घटेर १ लाख ९९ हजार ७ सय ६१ मा झरेको छ । 

कार्तिकसम्म ब्रोण्डब्याण्ड प्रयोगकर्ता २ करोड ३९ लाख २१ हजार पुगेका छन् । असोजसम्म २ करोड ३२ लाख ७५ हजार रहेका ब्रोण्डब्याण्ड प्रयोगकर्ता कार्तिकमा आइपुग्दा ७ लाखभन्दा बढीले प्रयोगकर्ता बढेका छन् । ब्रोडब्याण्डतर्फ भने एनसेलको भन्दा नेपाल टेलिकमका प्रयोगकर्ता बढी रहेका छन् । यो अवधिसम्म टेलिकमका प्रयोगकर्ता एक करोड १६ लाख ८७ हजार पुगेका छन् । एनसेलको ब्रोण्डब्याण्ड प्रयोगकर्ता ६५ लाख ८ हजार रहेका छन्  ।